काठमाडौं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङ रहेका छन्।
प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट गुरुङलाई पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको बस्नेतले बताए। बस्नेतका अनुसार गुरुङ यसअघि तीन पटक लागूऔषध मुद्दामा सजाय भुक्तान गरेको समेत पाइएको छ ।
पृथ्वीचोकस्थित महावीर पुन लगायतको टिमले पुस्तक बिक्री गरिरहेको अवस्थामा ती व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
The post महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....