ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बालेन्द्र साहकाे चुनाव खर्च १४ लाख १७ हजार
2082 General Campaign

बालेन्द्र साहकाे चुनाव खर्च १४ लाख १७ हजार

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 3:13 PM 44 views
झापा । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र साहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार साहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख छ । पेश गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ […]

झापा ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र साहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार साहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख छ ।

पेश गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रशासका क्रममा सवारी साधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ, हवाई भाडामा ५ पटकका लागि ३५ हजार रुपैयाँ, तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख छ ।

त्यस्तै वडा स्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालन गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ । नमुना मतपत्र छपाइका लागि ४४ हजार ५५० रुपैयाँ खर्च गरिएको उल्लेख छ । निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा २ महिनामा ९० हजार रुपैयाँ र स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६७० रुपैयाँ खर्च भएको जनाइएको छ ।

त्यसैगरी प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा १ लाख ७५ हजार ३४ रुपैयाँ, प्रचार सामग्री ढुवानी तथा टिकटमा १ लाख १९ हजार ५०५ रुपैयाँ खर्च भएको उल्लेख छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

खर्च विवरण शाहका प्रतिनिधि नविन भण्डारीले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका हुन् ।

campaign election 2082