ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कञ्चनपुरमा छ प्रतिशत मत बदर
2082 General Campaign

कञ्चनपुरमा छ प्रतिशत मत बदर

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 2:24 PM 54 views
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।...

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

क्षेत्र नम्बर १ मा ६० हजार ७८५ मत खसेकोमा तीन हजार ७३४ मत बदर भएको छ। यो क्षेत्रमा कूल एक लाख एक हजार ७२४ मतदाता रहेका थिए। निर्वाचन क्षेत्र नम्बर २ मा ६५ हजार ३४७ मत खसेकोमा चार हजार २३० मत बदर भएका छन्। यहाँ एक लाख नौ हजार ५७४ मतदाता रहेका थिए।

त्यसैगरी क्षेत्र नम्बर ३ मा ५८ हजार २०९ मत खसेकोमा चार हजार ६६३ मत बदर भएका छन्। निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले अधिकांश मतमा दोहोरो छाप लागेको र कतिपय मतपत्रमा एउटा औँठा छापसमेत पाइएको बताए।

गत निर्वाचनमा छ प्रतिशत मत भएको निर्वाचन आयोगले जनाएको छ। कञ्चनपुरमा तीन लाख १७ हजार ६२३ मतदाता रहेको कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रमा ५८.६७ प्रतिशत मतदान भएको थियो।

campaign election 2082