ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
पाँच महिलालाई मतदान अधिकृतको जिम्मेवारी
2082 General Campaign

पाँच महिलालाई मतदान अधिकृतको जिम्मेवारी

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 6:10 PM 52 views
मुगु। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुगुमा पाँच महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुगुका ७० मतदान केन्द्रमध्ये पाँच मतदान केन्द्रमा महिला नेतृत्व रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज खनियाँका अनुसार महिला मतदान […]

मुगु।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुगुमा पाँच महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।
एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुगुका ७० मतदान केन्द्रमध्ये पाँच मतदान केन्द्रमा महिला नेतृत्व रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज खनियाँका अनुसार महिला मतदान अधिकृतहरूमा डा. पूजा आचार्य, शान्त्वना शेरचन, पुण्यप्रभा देवकोटा, बसन्ती बुढा र कमला बानियाँ रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका अनुसार ७० मतदान केन्द्रमध्ये नौ केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा महिलालाई जिम्मेवारी दिइएको छ ।
एक मतदान केन्द्रमा शतप्रतिशत महिला कर्मचारी खटाइने भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार छायाँनाथ रारा नगरपालिका–३ तलितुमस्थित छायाँक्षेत्र आधारभूत विद्यालय मतदान केन्द्रमा सबै कर्मचारी महिला रहने गरी कार्यविभाजन गरिएको छ ।

campaign election 2082