ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
भोजपुरमा बदर मत न्यून
2082 General Campaign

भोजपुरमा बदर मत न्यून

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 9:06 AM 53 views
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन्।...

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा साढे तीन हजारभन्दा बढी मत बदर भएका छन्।प्रत्यक्षतर्फ खसेको कूल ५७ हजार ५९९ मतमध्ये तीन हजार ८७१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यो सङ्ख्या कूल मतको ६ दशमलव ७२ प्रतिशत हो।

बदर भएका मतमध्ये एकभन्दा बढी चुनाव चिह्नमा मत सङ्केत गरिएको सङ्ख्या बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार कतिपय मतदाता मतदान प्रक्रिया राम्रोसँग नबुझेर नभइ जानाजान पनि मत बदर गरिएको जस्तो देखिएको छ। एकभन्दा बढी चिह्नमा सङ्केत गरेको मत कोटाभित्र स्पष्ट रूपमा लगाइएको पाइएको उनको भनाइ छ।

निर्वाचन प्रक्रियाबारे जानकारी नभएर ल्याप्चे लगाउने जस्ता मत भने तुलनात्मक रूपमा न्यून रहेको उनले बताए। जिल्लामा कूल एक लाख २५ हजार ७६६ मतदाता रहेका थिए। समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले त्यसतर्फ बदर भएको मतको विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

उक्त निर्वाचनमा ध्रुवराज राई (श्रम संस्कृति पार्टी) १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी शेरधन राई (नेकपा एमाले) ले १४ हजार ७५० मत प्राप्त गरेका थिए।

campaign election 2082