ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
प्रतिनिधिसभा निर्वाचन सफल भएको भन्दै मोदीले दिए बधाई
2082 General Campaign

प्रतिनिधिसभा निर्वाचन सफल भएको भन्दै मोदीले दिए बधाई

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 5:19 PM 60 views
उनले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गर्दै भारतको छिमेकी मुलुकको हैसियतमा नेपालसँग विकास र स्थिरताको पक्षमा सधैं सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफल रूपमा भएको भन्दै नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार जीवन्त रूपमा प्रयोग गरेको देख्दा अत्यन्त खुसी लागेको बताएका छन्।

उनले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गर्दै भारतको छिमेकी मुलुकको हैसियतमा नेपालसँग विकास र स्थिरताको पक्षमा सधैं सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

उनले भनेका छन्, ‘एक नजिकको साथी र छिमेकीका रूपमा भारत सधैं नेपालका जनता र यहाँ बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध छ। निर्वाचनपछिको नयाँ कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउँदै साझा शान्ति, प्रगति र समृद्धिका लागि नयाँ उचाइ चुम्ने विश्वास छ।’

campaign election 2082