ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचन अपडेट : कांग्रेस कहाँ विजयी, कति ठाउँमा अग्रता ?
2082 General Constituency Alert

निर्वाचन अपडेट : कांग्रेस कहाँ विजयी, कति ठाउँमा अग्रता ?

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 3:52 PM 101 views
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने अन्य ११ क्षेत्रमा अग्रता कायम गरेको छ।...

जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ अर्थात बिहीबार सम्पन्न गराएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले केहि स्थानमा विजय हाँसिल गरेको छ।

पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेस ७ क्षेत्रमा निर्वाचित भएको छ भने अन्य ११ क्षेत्रमा अग्रता कायम गरेको छ। विजयी उम्मेदवारहरूमा खड्कबहादुर बुढा, भरतबहादुर खड्का, बासना थापा, सन्तोष सुब्बा, मोहन आचार्य, योगेश गौचन थकाली र टेकबहादुर गुरुङ रहेका छन्।

जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार खड्कबहादुर बुढाले २० हजार १४२ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे।

यस्तैगरी डोटी क्षेत्र नम्बर १ मा कांग्रेसका भरतबहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले( का दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्।

दैलेख क्षेत्र नम्बर १ मा कांग्रेसकी उम्मेदवार बासना थापाले १२ हजार ३७२ मत प्राप्त गर्दै विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।

त्यसैगरी तेह्रथुम निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का भानुभक्त ढकालले १० हजार ६८२ मात्रै मत प्राप्त गरेका छन्।

त्यस्तैगरी रसुवा क्षेत्र नम्बर १ मा कांग्रेसका नेता मोहन आचार्य १० हजार ६५६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।

हिमाली जिल्ला मुस्ताङको क्षेत्र नम्बर १ मा कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का इन्द्रधारा डादु विष्टले १ हजार ८०६ मत प्राप्त गरेका छन्।

त्यसैगरी मनाङका १ मा कांग्रेसका वरिष्ठ नेता टेकबहादुर गुरुङ २ हजार ४१५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की यशोदा गुरुङ (सुवेदी) ले ४५४ मत प्राप्त गरेकी छन्।

constituency election 2082