ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन सम्बन्धमा

Inquiry Nepal Inquiry Nepal March 2, 2026 at 4:00 PM 87 views
संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता, 2082 को कार्यान्वयन सुनिश्‍चित गर्न ऐ. आचारसंहिताको दफा ३२ बमोजिम तपाईंहरुलाई (सहायक प्रमुख जिल्ला अधिकारी/कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) फरक-फरक कार्य जिम्मेवरीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको विदितै छ। निर्वाचन आचारसंहितामा उल्लेखित मतदान […]

संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता, 2082 को कार्यान्वयन सुनिश्‍चित गर्न ऐ. आचारसंहिताको दफा ३२ बमोजिम तपाईंहरुलाई (सहायक प्रमुख जिल्ला अधिकारी/कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख) फरक-फरक कार्य जिम्मेवरीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको विदितै छ।

निर्वाचन आचारसंहितामा उल्लेखित मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल (मिति २०८२।११।१८ गते रातको १२ बजेदेखि २०८२।११।२१ गते) सम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न तथा विशेष गरी निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ मा “मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म’ पालना गर्नुपर्ने विशेष आचरण” र ऐ. आचारसंहिताको दफा १८ मा “मतदानको दिन पालना गर्नुपर्ने आचरण” परिपालनाको सम्बन्धमा अनुगमन गरी उक्त व्यस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफ्नो जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न र ऐ. आचारसंहिता तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा ऐ. ऐनको अधिनमा रही जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा अनुगमनकर्ताको अधिकारको प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउन निर्देशन गरिएको छ।

सोही बमोजिम प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिता बमोजिम गर्न नहुने भनी तोकिएका कार्यहरु नगर्न/गराउनुहुन आयोग हार्दिक अनुरोध गर्दछ।

campaign election 2082