ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सिन्धुलीमा शान्तिपूर्ण रुपमा मतदान सकियो, ५३.५८ प्रतिशत मत खस्यो 
2082 General Campaign

सिन्धुलीमा शान्तिपूर्ण रुपमा मतदान सकियो, ५३.५८ प्रतिशत मत खस्यो 

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:04 PM 60 views
सिन्धुली ।  सिन्धुलीमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ५३ दशमलब ५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १ लाख १५ हजार २१४ मत खसेको जनाएको छ । जसमा महिला महिला ५४ हजार ४३२ र पुरुष ५८ हजार ७८२ मत खसेको छ । सिन्धुलीमा कुल मतदाता २ लाख १५ हजार १९ रहेका थिए […]

सिन्धुली ।

 सिन्धुलीमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ५३ दशमलब ५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार १ लाख १५ हजार २१४ मत खसेको जनाएको छ । जसमा महिला महिला ५४ हजार ४३२ र पुरुष ५८ हजार ७८२ मत खसेको छ । सिन्धुलीमा कुल मतदाता २ लाख १५ हजार १९ रहेका थिए । 

सिन्धुलीको कुल १५१ मतदान स्थलको २७४ मतदान केन्द्रमा शान्तपुर्वक स्वच्छ वातावरणमा मतदान कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको सदरमुकामका नजिक रहेका मतदान केन्द्रहरुको मतपेटिका संकलनको कार्य पनि सुरु भएको छ ।

 सिन्धुलीको कमलामाई नगरपालिका –६ खम्बेचौर मतदानस्थलको ५ वटा मतदान केन्द्रको मतपेटिका मत गणना स्थल जिल्ला समन्वय समिति सिन्धुलीको नवनिर्मित भवनमा पुर्‍याइएको छ । नेपाल प्रहरीले मतदान केन्दंबाट भण्डारण कक्ष सम्म पतपेटीका बोकेर लगेका हुने । 

campaign election 2082