ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कोशीमा ५२ प्रतिशत मतदान
2082 General Campaign Update

कोशीमा ५२ प्रतिशत मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:06 PM 76 views
<p>इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा करिब आधा मतदाता मात्रै मतदानमा सहभागी भएका छन्। प्रारम्भिक विवरणअनुसार प्रदेशमा ५२.४८ प्रतिशत मतदान भएको छ। निर्वाचन कार्यालयका अनुसार ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १८ लाख ७६ हजार ५० जनाले मतदान गरेका छन्। करिब १६ लाख ९८ हजारभन्दा बढी मतदाता मतदानमा सहभागी भएनन्। प्रदेशभर १ [&#8230;]</p> <p>The post कोशीमा ५२ प्रतिशत मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali New...

इटहरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कोशी प्रदेशमा करिब आधा मतदाता मात्रै मतदानमा सहभागी भएका छन्। प्रारम्भिक विवरणअनुसार प्रदेशमा ५२.४८ प्रतिशत मतदान भएको छ।

निर्वाचन कार्यालयका अनुसार ३५ लाख ७४ हजार ३ सय १० मतदातामध्ये १८ लाख ७६ हजार ५० जनाले मतदान गरेका छन्। करिब १६ लाख ९८ हजारभन्दा बढी मतदाता मतदानमा सहभागी भएनन्।

प्रदेशभर १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्र तोकिएका थिए भने २४ वटा अस्थायी मतदान केन्द्रसमेत सञ्चालन गरिएको थियो।

मतदान सम्पन्न गराउन मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित २५ हजार ७ सय ६४ कर्मचारी परिचालन गरिएको थियो।

१४ जिल्ला रहेको कोशी प्रदेशमा प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन् भने कुल ४ सय ९५ उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

The post कोशीमा ५२ प्रतिशत मतदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082