ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कपिलवस्तुमा ६३.६३ प्रतिशत मतदान
2082 General Campaign

कपिलवस्तुमा ६३.६३ प्रतिशत मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 8:49 PM 62 views
कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ। कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार २ सय ५६ मत खसेको हो।...

कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ। कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार २ सय ५६ मत खसेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले महिला १ लाख ३० हजार ४ सय ६३, पुरुष १ लाख २१ हजार ६ सय ९० र अन्य ३ जनाले मतदान गरेको बताए।

कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्र गरी कुल ३ लाख ९६ हजार २ सय ६५ मतदाता छन्। २ सय ३६ मतदान स्थलका ४ सय ९१ मतदान केन्द्रमा मतदान भएको हो।

‘निर्वाचन शान्त, भयरहित र स्वतन्त्र रूपमा सम्पन्न भएको छ,’ प्रजिअ जनार्दन गौतमले भने। उनले सबैको साझा प्रयासले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए। मत गणनाको समेत आवश्यक तयारी गरिएको उनले बताए।

campaign election 2082