ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पाँच  निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत बढी मत खस्यो 
2082 General Campaign

पाँच  निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत बढी मत खस्यो 

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 7:41 PM 61 views
बुटवल।  प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देहीमा ६० प्रतिशत बढी मत खसेको छ । रुपन्देहीका ५ निर्वाचन क्षेत्रका  निर्वाचन अधिकृतहरुले दिएको प्रारम्भिक तथ्यांक अनुसार  ६० प्रतिशत मत खसेको हो । क्षेत्र नं १ मा ५९ प्रतिशत अर्थात् ८६ हजार बढी मत खसेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । यहाँ  एक लाख ४६ हजार ८२४ मतदाता […]

बुटवल। 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देहीमा ६० प्रतिशत बढी मत खसेको छ । रुपन्देहीका ५ निर्वाचन क्षेत्रका  निर्वाचन अधिकृतहरुले दिएको प्रारम्भिक तथ्यांक अनुसार  ६० प्रतिशत मत खसेको हो । क्षेत्र नं १ मा ५९ प्रतिशत अर्थात् ८६ हजार बढी मत खसेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । यहाँ  एक लाख ४६ हजार ८२४ मतदाता रहेका छन् ।

क्षेत्र नं २ मा पनि ६४ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । यहाँ  एक लाख ३५ हजार ५० मतदाता रहेका छन् । यहाँको निर्णायक वडा नं ११ मा १७ हजार ९४३ मतदाता रहेकामा ११ हजार ४ सय १३ मत खसेको छ ।

क्षेत्र नं ३ मा अनुमानित ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत अशोकबहादुर बस्नेतले जानकारी दिए ।  यो क्षेत्रमा एक लाख ४० हजार ३५ मतदाता रहेका छन् । क्षेत्र नं ४ मा सबैभन्दा बढी अर्थात् ६७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत  टोपबहादुर विष्टले जानकारी दिए ।

रुपन्देही क्षेत्र नं ५ मा ६० प्रतिशत बढी मत खसेको निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले जानकारी दिए । यहाँ एकलाख ३४ हजार ४ मतदाता रहेका छन् । रुपन्देहीको बुटवलको वडा नम्बर ४ मा रहेको कान्ति माविवाट ९९ वर्षीय गोपीकृष्ण पाण्डेले मतदान गरेका थिए ।

campaign election 2082