2082 General
Campaign
सुदूरपश्चिममा खस्यो ३८ दशमलव ४ प्रतिशत मत
Inquiry Nepal
Inquiry Nepal
March 5, 2026 at 3:40 PM
44 views
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ । कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमान्ड पोष्टका अनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरूमा मतदान भइरहेको छ । प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए । कर्मचारीका लागि समानुपातिकतर्फ र कारागारका रहेका कैदी बन्दीलाई मतदानका लागि अस्थायी मतदान केन्द्र समेत राखिएको छ ।

campaign
election 2082