ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कञ्चनपुरमा  ४२ प्रतिशत मत खस्यो
2082 General Campaign

कञ्चनपुरमा ४२ प्रतिशत मत खस्यो

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 3:29 PM 47 views
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ। कञ्चनपुर जिल्लामा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ।...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ। कञ्चनपुर जिल्लामा दिउँसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ।

कञ्चनपुर जिल्लामा कुल ३ लाख १४ हजार ३८५ मतदाता रहेकामा १ लाख ३१ हजार ५७७ मत खसेको हो। कञ्चनपुरमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख १ हजार ७२४ मतदाता रहेकामा हालसम्म ४२ हजार ९१२ मत खसेको छ। यस क्षेत्रमा २२ हजार ५२७ महिला र २० हजार ३८५ पुरुषले मतदान गरेका छन्।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५७४ मतदाता रहेकामा ४७ हजार ४५ मत खसेको छ। यहाँ २४ हजार ९४५ महिला र २२ हजार १०० पुरुषले मतदान गरेका छन्।

यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा १ लाख ३ हजार ८७ मतदाता रहेकामा ४१ हजार ६२० मत खसेको छ। यस क्षेत्रमा २२ हजार ३२१ महिला र १९ हजार २९९ पुरुषले मतदान गरेको आयोगले जनाएको छ।

campaign election 2082