ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Campaign

हवाई यात्रुलाई लक्षित गर्दै निःशुल्क बस सञ्चालन, यस्तो छ रुट

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 1:30 PM 62 views
<p>काठमाडौं । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ । बोर्डका अनुसार बिहान ५ बजेदेखि सञ्चालन भएको बस साँझ ७ बजेसम्म सुचारु हुनेछ । उक्त सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ । निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित [&#8230;]</p> <p>The post हवाई यात्रुलाई लक्षित गर्दै निःशुल्क बस सञ्चालन, यस्तो छ रुट appeared first on RONB post.</p>

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल पर्यटन बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ ।

बोर्डका अनुसार बिहान ५ बजेदेखि सञ्चालन भएको बस साँझ ७ बजेसम्म सुचारु हुनेछ । उक्त सेवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ ।

निर्वाचनका दिन सवारी सञ्चालनमा सम्भावित असहजतालाई मध्यनजर गर्दै होटल र विमानस्थलबीचको आवागमन सहज बनाउन सेवा सुरु गरिएको बोर्डले जनाएको छ ।

Route 1: नेपाल वायुसेवा निगम, न्युरोड, कान्तिपथ, ठमेल, लैनचौर, मल्ल होटल, नयाँबजार, शंकर होटल, र्‍याडिसन, दरबारमार्ग, याक एन्ड यति, नागपोखरी, गौशाला हुँदै द्वारिका होटलमार्फत विमानस्थलसम्म! Contact: 9860156963 & बस नम्बर: बा १ प: १३७८
Route 2: महाराजगञ्ज चोक, नारायणथान, धुम्बाराहीस्थित रामाडा होटल, चाबहिल, बौद्धस्थित हायात रीजेन्सी, जोरपाटी हुँदै गौशाला भएर विमानस्थलसम्म सञ्चालन हुने !

Contact: 9844070555 & बस नम्बर: बा १ प: १३२०
Route 3: कुपण्डोल, हिमालयन होटल, त्रिपुरेश्वर, कलंकी, सोल्टी, एकान्तकुना, सातदोबाटो, ग्वार्कोस्थित रोयल टुलिप, तीनकुने, नयाँ बानेश्वर हुँदै एभरेष्ट होटलमार्फत विमानस्थलसम्म! Contact: 9745363117 & बस नम्बर: बा १ प: १०८१

The post हवाई यात्रुलाई लक्षित गर्दै निःशुल्क बस सञ्चालन, यस्तो छ रुट appeared first on RONB post.

campaign election 2082