ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुर्खेतमा साढे १२ बजेसम्म ६३ हजार बढी मत, कारागारमा ८८ कैदीबन्दीले गरे मतदान
2082 General Constituency

सुर्खेतमा साढे १२ बजेसम्म ६३ हजार बढी मत, कारागारमा ८८ कैदीबन्दीले गरे मतदान

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 1:28 PM 88 views
सुर्खेत । दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा साढे १२ बजेसम्म ६३ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका ६३ हजार १०३ मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । सुर्खेतमा २ लाख ४८ हजार ९४३ मतदाता सङ्ख्या रहेको छ । सुर्खेतमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। यता, सुर्खेत कारागारमा मतदान सकिएको […]

सुर्खेत ।

दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा साढे १२ बजेसम्म ६३ हजार मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका ६३ हजार १०३ मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । सुर्खेतमा २ लाख ४८ हजार ९४३ मतदाता सङ्ख्या रहेको छ । सुर्खेतमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

यता, सुर्खेत कारागारमा मतदान सकिएको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार सुर्खेत कारागारमा ८८ मत खसेको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । सुर्खेत कारागारमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ। १०३ जना मतदाता रहेको भनिए पनि केही कैदी स्थान्तरण भएकाले ८८ मत मात्रै खसेको गुरुङले बताए ।

constituency election 2082