ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
एम्बुलेन्समा आएर मतदान गरे सर्लाही–४ का बिरामी मतदाता
2082 General Campaign Update

एम्बुलेन्समा आएर मतदान गरे सर्लाही–४ का बिरामी मतदाता

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 1:12 PM 70 views
<p>सर्लाही । प्रतिनिधि सभा क्षेत्र नम्बर ४ सर्लाही अन्तर्गत मधुवनीमा एकजना बिरामी मतदाता एम्बुलेन्समा आएर मतदान गरेका छन् । स्वास्थ्य अवस्था कमजोर भए पनि उनले आफ्नो मताधिकार प्रयोग गर्न एम्बुलेन्समै मतदान केन्द्रसम्म पुगेका हुन्। प्रत्यक्षदर्शीका अनुसार ती मतदातालाई एम्बुलेन्सबाट उतारेर स्थानीय युवाहरूको सहयोगमा मतदान केन्द्रतर्फ लैजाने तयारी गरिएको थियो। तस्बिरमा पनि स्थानीयको सहयोगमा उनलाई एम्बुलेन्सबाट [&#8230;]</p> <p>The post एम्बुलेन्समा आएर मतदान गरे सर्लाही–४ का बिरामी मतदाता appeared...

सर्लाही । प्रतिनिधि सभा क्षेत्र नम्बर ४ सर्लाही अन्तर्गत मधुवनीमा एकजना बिरामी मतदाता एम्बुलेन्समा आएर मतदान गरेका छन् । स्वास्थ्य अवस्था कमजोर भए पनि उनले आफ्नो मताधिकार प्रयोग गर्न एम्बुलेन्समै मतदान केन्द्रसम्म पुगेका हुन्।

प्रत्यक्षदर्शीका अनुसार ती मतदातालाई एम्बुलेन्सबाट उतारेर स्थानीय युवाहरूको सहयोगमा मतदान केन्द्रतर्फ लैजाने तयारी गरिएको थियो। तस्बिरमा पनि स्थानीयको सहयोगमा उनलाई एम्बुलेन्सबाट उतारेर केन्द्रतर्फ लैजान लागिएको देखिन्छ।

लोकतन्त्रको महत्वपूर्ण पर्व मानिने निर्वाचनमा बिरामी अवस्थामै मतदान केन्द्रसम्म पुगेर मताधिकार प्रयोग गर्न खोज्नुले मतदातामा रहेको उत्साह र जिम्मेवारीको भावना झल्काएको स्थानीय बासिन्दाले बताएका छन्।

स्वास्थ्य समस्याका कारण हिँडडुल गर्न कठिन भएपछि ती मतदाता एम्बुलेन्सको सहायतामा मतदान केन्द्रसम्म आएको बताइएको छ। स्थानीयले भने यस्तो दृश्यले निर्वाचनप्रति नागरिकको प्रतिबद्धता प्रष्ट देखाएको प्रतिक्रिया दिएका छन्।

The post एम्बुलेन्समा आएर मतदान गरे सर्लाही–४ का बिरामी मतदाता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082