काठमाडौँ । मतदान सुरु हुन बित्तिकै एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।
बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान स्थलमा खटिएका कर्मचारी श्याम प्रसाद साह बेहोस भएका हुन् । उनको जिम्मेवारी सहायक निर्वाचन अधिकृतलाई दिइएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
अचानक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको भट्टराईले बताए ।
The post मतदान सुरु हुन बित्तिकै निर्वाचन अधिकृत बेहोस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....