ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दोलखाको मालुमा हवाई फायरपछि मतदान स्थगित
2082 General Campaign Update

दोलखाको मालुमा हवाई फायरपछि मतदान स्थगित

Inquiry Nepal Inquiry Nepal March 5, 2026 at 11:02 AM 64 views
<p>काठमाडौँ । दोलखामा मतदानका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ। जिल्लाको मालुस्थित एक मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार घटनापछि सो केन्द्रमा मतदान स्थगित गरिएको छ। ‘निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात [&#8230;]</p> <p>The post दोलखाको मालुमा हवाई फायरपछि मतदान स्थगित appeared first on राजधानी राष्ट्र...

काठमाडौँ । दोलखामा मतदानका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ। जिल्लाको मालुस्थित एक मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार घटनापछि सो केन्द्रमा मतदान स्थगित गरिएको छ।

‘निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणका लागि हवाई फायर गरिएको हो,’ घिमिरेले भने, ‘अहिले सर्वदलीय बैठकको तयारी भइरहेको छ र मतदान स्थगित गरिएको छ।’ घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ।

The post दोलखाको मालुमा हवाई फायरपछि मतदान स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

campaign election 2082