2082 General
Parties
रास्वपाको उदय अस्वाभाविक, हारबाट उठ्न एमालेको ‘मिसन जागरण’
Inquiry Nepal
Inquiry Nepal
June 14, 2026 at 11:53 AM
31 views
काठमाडौँ । एमालेले रास्वपाको उदयलाई ‘आकस्मिक र अस्वाभाविक’ घटना भन्दै नेपालको अस्थिर राजनीति र भूराजनीतिक प्रभावसँग जोडेको छ। ‘मिसन पार्टी जागरण २०८३’ सम्बन्धी आन्तरिक दस्ताबेजमा पार्टीले २०८२ को निर्वाचन परिणामलाई अप्रत्याशित हारको रूपमा व्याख्या गर्दै जनतासँगको सम्बन्ध कमजोर हुनु र सरकारका कामबारे प्रभावकारी सूचना प्रवाह हुन नसक्नु मुख्य कारण रहेको जनाएको छ। कार्यकर्ताको मनोबल उकास्न […]
काठमाडौँ ।
एमालेले रास्वपाको उदयलाई ‘आकस्मिक र अस्वाभाविक’ घटना भन्दै नेपालको अस्थिर राजनीति र भूराजनीतिक प्रभावसँग जोडेको छ।
‘मिसन पार्टी जागरण २०८३’ सम्बन्धी आन्तरिक दस्ताबेजमा पार्टीले २०८२ को निर्वाचन परिणामलाई अप्रत्याशित हारको रूपमा व्याख्या गर्दै जनतासँगको सम्बन्ध कमजोर हुनु र सरकारका कामबारे प्रभावकारी सूचना प्रवाह हुन नसक्नु मुख्य कारण रहेको जनाएको छ।
कार्यकर्ताको मनोबल उकास्न र जनतासँग पुनः जोडिन एमालेले ‘६ज’ नीतिसहित विशेष अभियान सञ्चालन गर्ने जनाएको छ।
parties
election 2082