ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
पूर्वसांसद छिरिङले त्यागिन् नेकपा
2082 General Parties Update

पूर्वसांसद छिरिङले त्यागिन् नेकपा

Inquiry Nepal Inquiry Nepal June 11, 2026 at 12:28 PM 71 views
<p>काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हमुले पार्टीका सबै जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गरेकी छन् । यसअघिको प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी छिरिङले विहीबार वक्तव्य जारी गर्दै आफूलाई पार्टीभित्रकै केही नेताले यस्तो निर्णय लिन बाध्य पारेको बताएकी छन् । वक्तव्यमा उनले भनेकी छन्- मलाई यो निर्णय लिन बाध्य [&#8230;]</p> <p>The post पूर्वसांसद छिरिङले त्यागिन् नेकपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्र...

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्व सांसद छिरिङ ल्हमुले पार्टीका सबै जिम्मेवारी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गरेकी छन् ।

यसअघिको प्रतिनिधिसभामा माओवादीबाट समानुपातिक सांसद रहेकी छिरिङले विहीबार वक्तव्य जारी गर्दै आफूलाई पार्टीभित्रकै केही नेताले यस्तो निर्णय लिन बाध्य पारेको बताएकी छन् ।

वक्तव्यमा उनले भनेकी छन्- मलाई यो निर्णय लिन बाध्य बनाउने संकीर्ण, असहिष्णु र निषेधको राजनीतिलाई धन्यवाद दिन चाहन्छु, किनकि त्यसैले मलाई स्वतन्त्रताको मूल्य अझ गहिरो रूपमा बुझाएको छ।

उनले आफ्नोविरुद्ध चौतर्फी षड्यन्त्रका जालो बुन्ने, आत्मबल कमजोर पार्ने तथा राजनीतिक र व्यक्तिगत रूपमा समाप्त पार्ने प्रयासहरू बारम्बार भएको उनले बताएकी छन् ।

The post पूर्वसांसद छिरिङले त्यागिन् नेकपा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082