ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री
2082 General Parties Result

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री

Inquiry Nepal Inquiry Nepal June 8, 2026 at 9:16 PM 65 views
<p>काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) विजयी भएका छन् । संघको विशेष साधारणसभा तथा निर्वाचनबाट भारी मत ल्याएर अध्यक्षमा विजयी भएका खत्री झन्डै पुरै प्यानल सहित विजयी भएका हुन् । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा कांग्रेस [&#8230;]</p> <p>The post वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्...

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) विजयी भएका छन् । संघको विशेष साधारणसभा तथा निर्वाचनबाट भारी मत ल्याएर अध्यक्षमा विजयी भएका खत्री झन्डै पुरै प्यानल सहित विजयी भएका हुन् ।

नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा कांग्रेस निकट असन्तुष्ट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहको तर्फबाट विजयी भएका खत्रीले सो निर्वाचनमा ३ सय ४७ मत प्राप्त गरेका थिए । अध्यक्षका उनका प्रतिस्पर्धी उम्मेदवारहरू मेघनाथ भुर्तेलले १ सय ९२ मत ल्याएका थिए भने हरिबहादुर पाण्डे क्षेत्रीले १ सय ७० मत पाएका थिए ।

भुर्तेलको समूह नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको तर्फबाट चुनावी मैदानमा थियो । त्यस्तै, पाण्डेको समूह नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायीकोतर्फबाट प्रतिस्पर्धामा उत्रिएको थियो । सो निर्वाचनबाट संघ प्रथम उपाध्यक्षमा महेश बस्नेत ,द्धितीय उपाध्यक्षमा अनिल बोगटी, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा हीराबहादुर (हरि) डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमायाँ सिन्जाली विजयी भएका छन् ।

यसैगरी, संघ कार्यसमिति सदस्यहरूमा रमा खड्का, विवश ढुंगाना, धुर्व जीसी, तारामणि राई, तारा तामाङ, रविन्द्र राई, भावना गजुरेल, बाबुराम न्यौपाने, गीता राउत, दीक्षा थपलिया विजयी भएका छन् ।

नवनिर्वाचित खत्री समूहको प्रगतिशील प्यानलबाट संघको कुल १७ सदस्यीय कार्यसमितिमा ७ पदाधिकारीमध्ये ६ वटै र १० जना कार्यसमिति सदस्यमध्ये ८ सदस्य विजयी भएका छन् । सो निर्वाचनमा लोकतान्त्रिक एशोसिएशनको समूहबाट तृतीय उपाध्यक्षमा विजयी पौडेल र दुई जना सदस्य राउत तथा थपलिया विजयी भएका हुन् ।

कुल ७ सय ७६ मतदाता रहेको संघको यस निर्वाचनमा अध्यक्ष,पदाधिकारी र कार्यसमिति सदस्य सहित तीनवटा भिन्दाभिन्दै समूहबाट ५१ जना व्यवसायीको उम्मेदवारी परेको थियो । संघ निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टंकबहादुर राउतले कुल ७ सय ७६ मतदातामध्ये ७ सय १९ मत खसेको बताए ।

उनले आइतबार राति ८ बजेबाट सुरु भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार बिहान मात्र सार्वजनिक भएको जानकारी गराए । प्रमुख निर्वाचन अधिकृत राउतले यस निर्वाचनमा देखिएको व्यवसायीको उत्साहले संघको ऐतिहासिक निर्वाचन भएको दाबी गरे ।

The post वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082