ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपा ताप्लेजुङ अधिवेशन : उपसभापतिमा चुनाव, बाँकी सबै पद निर्विरोध
2082 General Parties

रास्वपा ताप्लेजुङ अधिवेशन : उपसभापतिमा चुनाव, बाँकी सबै पद निर्विरोध

Inquiry Nepal Inquiry Nepal June 7, 2026 at 5:13 PM 33 views
उपसभापति बाहेक सबै पदाधिकारीमा निर्विरोध नेतृत्व चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको पहिलो जिल्ला अधिवेशन सकिएको छ।...

उपसभापति बाहेक सबै पदाधिकारीमा निर्विरोध नेतृत्व चयन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङको पहिलो जिल्ला अधिवेशन सकिएको छ।

अधिवेशनले सभापतिमा राजनकुमार गुरुङलाई सर्वसम्मत चयन गर्दा उपसभापतिमा भने चुनाव गर्नुपर्यो। उपसभापतिमा मानबहादुर मोक्तान र निर्मला खिम्दिङबिच चुनावी भिडन्त हुँदा मोक्तान निर्वाचित भए। मोक्तानले ३९ मत ल्याउँदा खिम्दिङ २७ मतमा रोकिइन्।

यसअघि प्रतिनिधि सभामा रास्वपाको तर्फबाट समानुपातिक बन्द सूचीमा परेकी खिम्दिङ अन्तिम समयमा सांसद बन्नबाट रोकिएकी थिइन्। जिल्ला उपसभापतिमा समेत उनले पराजय व्यर्होनु परेको छ।

यसअघिका जिल्ला सभापति वीरेन्द्र श्रेष्ठले स्वेच्छाले जिल्लाको नेतृत्व हस्तान्तरण गरेका छन्। जिल्ला अधिवेशनले सचिवमा लिलाराज पौडेल र सहसचिव गोपाल गुरागाँईलाई चयन गरेको छ। गुरागाँई जेनजी मुभमेन्ट ताप्लेजुङका संयोजक समेत हुन्।

जिल्ला सदस्यहरूमा कमल लेछर्बो, छत्रबहादुर विक, सुशिला कार्की भोटिया, हर्कराज गुरुङ, शान्ति सिवा, नवीन अधिकारी र राजेन्द्रकुमार थापा चयन भएका छन्।

रास्वपाको विधानले जिल्ला कार्य समितिको कोषाध्यक्ष पद भने निर्वाचित सदस्यहरूमध्येबाट चयन गर्ने भएको छ। फक्ताङलुङ र मैवाखोला गाउँपालिका बाहेक रास्वपाले ताप्लेजुङका ९ मध्ये ७ पालिका कमिटीको अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ।

रास्वपा पालिका कमिटीका सभापतिहरुमा फुङलिङमा युवराज बराल, मिक्वाखोलामा नुपु शेर्पा, मेरिङदेनमा जीवन पौडेल, सिरिजङ्गामा भुवानीप्रसाद दाहाल, सिदिङ्वामा कविराज लिम्बू, आठराई त्रिवेणीमा केदार प्रसाँई र पाथीभरा याङवरकमा शरण तामाङलाई चयन गरिसकेको छ।

parties election 2082