काठमाडौं । संघीय संसदको लोगो अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई सम्मान गरिएको छ ।
संघीय संसद सचिवालयमा आज आयोजित विशेष कार्यक्रममा सांसद शेर्पालाई सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्रसहित सम्मान गरेका हुन् ।
‘मिङ्मा डेभिड’ नामले समेत चिनिने शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन् ।
उनले सगरमाथाको शिखरमा संघीय संसदको झण्डा फहराउन पाउँदा आफूलाई गर्व महसुस भएको उल्लेख गरे । कार्यक्रममा शेर्पाले हिमालय आरोहण आफूलाई नौलो विषय नभएको बताए ।
सगरमाथा १० औं पटक, ८ हजार मिटरभन्दा माथिका हिमाल ३६ औंपटक र संसारभरी हिमाल सबै जोड्दा लगभग ७० वटा हिमाल आरोहण गरेको उनले जानकारी दिए ।
The post सगरमाथा आरोण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित appeared first on RONB post.