काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलले विरोध जनाएका छन्।
सोमबार सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्ने वितिक्कै विपक्षी दलका सांसदले आफ्नो सीटमा उभिएर विरोध जनाएका हुन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। त्यसलाई हटाउन माग गर्दै विपक्षीले विरोध जनाएका छन् ।
विपक्षी पाँचै दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संयुक्त रुपमा विरोध जनाएका हुन्।
The post प्रतिनिधि सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलको विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....