ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
प्रिमियर लिगमा मात्रै बेग्लै नतिजा
2082 General Results Result

प्रिमियर लिगमा मात्रै बेग्लै नतिजा

Inquiry Nepal Inquiry Nepal May 25, 2026 at 10:26 PM 42 views
काठमाडौं। यस २०२५–२६ सिजनको युरोपका मुख्य ५ वटा लिगहरूले विश्राम लिइसकेको छ । यसमध्ये स्पेनी ला लिगा, बुन्डेसलिगा, सिरी ए र लिग वानमा धेरैपटक उपािध जित्ने टोलीकै वर्चश्व रह्यो । तर, इंग्लिस प्रिमियर लिगमा भने बेग्लै नतिजा निस्केको छ । प्रिमियर लिगमा आर्सेनलले म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीको वर्चश्व तोड्दै यसपटक उपाधि जित्न सफल भएको […]

काठमाडौं।

यस २०२५–२६ सिजनको युरोपका मुख्य ५ वटा लिगहरूले विश्राम लिइसकेको छ । यसमध्ये स्पेनी ला लिगा, बुन्डेसलिगा, सिरी ए र लिग वानमा धेरैपटक उपािध जित्ने टोलीकै वर्चश्व रह्यो । तर, इंग्लिस प्रिमियर लिगमा भने बेग्लै नतिजा निस्केको छ ।

प्रिमियर लिगमा आर्सेनलले म्यानचेस्टर सिटी, लिभरपुल र चेल्सीको वर्चश्व तोड्दै यसपटक उपाधि जित्न सफल भएको हो । आर्सेनलले २२ वर्षपछि प्रिमियर लिगमा धाक जमाएको हो । यसअघि गनर्स (आर्सेनलको उपनाम) ले २००३–०४ सिजनमा लिग उपाधि जितेको थियो । यो अनुसार टोलीले झण्डै ३ दशकपछि लिग उपाधिमा नाम लेखाउन सफल भयो ।

ला लिगामा बार्सिलोना वा रियल मेड्रिड नै पालै पालो विजेता बनिरहेको छ । यसपटक पनि ला लिगामा यही दुई टोलीमध्ये एकले नै उपधि उचाल्यो । बार्सिलोनाले २९ औं लिग उपाधि जितेको हो । ला लिगामा रियलले सर्वाधिक ३६ पटक उपाधि जितेको छ । यसअनुसार ला लिगामा यी दुबै टोलीले ६५ उपाधि जितिसकेको छ।

ला लिगामा सर्वाधिक उपाधि जित्नेमा तेस्रो टोली एटलेटिको मेड्रिड रहेको छ । एटलेटिकोले यी दुई टोलीको तुलनामा निकै कम संख्यामा उपाधि जितेको छ । एटलेटिको ११ पटक ला लिगामा विजेता बनेको छ ।

यसैगरी जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले उपाधि जितेको छ । बायर्नले घरेलु लिग ३५ औं पटक जितेको हो । जुन सर्वाधिक लिग उपाधि जित्ने दोस्रो टोलीकोभन्दा चौबरसंख्याले नै बढी हो । बायर्नपछि सर्वाधिक लिग उपाधि जित्ने टोली एफसी नमबर्गले ९ पटक उपाधि जितेको छ ।

यस्तै, फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उपाधि जित्नबाट कुनै टोलीले रोक्न सकेन । पीएसजीले १४ औं पटक लिग उपाधि जितेको हो । दोस्रो स्थानमा रहेको सेन्ट इटीइनले १० पटक लिग उपाधि जितेको छ । तर, यो टोली हाल लिग वानमा छैन ।

इटालियन सिरी ए मा इन्टर मिलानले २१ औं पटक उपाधि जितेर पुरानै विजेता टोली नै उत्कृष्ट रहेको सावित ग¥यो । सिरी ए मा सर्वाधिक लिगमा विजेता बन्ने टोली युभेन्टस हो । युभेन्टसले अहिलेसम्म ३६ पटक लिग विजेता बन्न सौभाग्य प्राप्त गरेको छ ।

कोमो च्याम्पियन्स लिगमा

यस सिजनमा बिल्कुलै नयाँ टोली कोमोले आश्चर्यजनक नतिजा निकालेको छ । कोमोले इटालियन सिरी ए मा चौथो स्थानमा रहेर आगामी च्याम्पियन्स लिग खेल्ने तय गर्दै सबैलाई आश्चर्यमा पारेको हो । जबकी, युभेन्टस, एसी मिलान जस्ता ठूला टोलीहरू नै आगामी च्याम्पियन्स लिग खेल्न वंचित भएका छन् । कोमोको नेतृत्व बार्सिलोना, आर्सेनल र चेल्सी जस्ता ठूला क्लबबाट खेलिसकेका पूर्व खेलाडी सेच फाब्रेगासले गरेका हुन् ।

टोटनहाम जोगियो

टोटनहाम हटस्परले एभर्टनलाई १–० ले हराउँदै अर्को सिजन पनि प्रिमियर लिगमा रहने निश्चित गरेको छ । घरेलु मैदानमा भएको निर्णायक खेलमा जोआओ पाल्हिन्याले गरेको एकमात्र गोल नै टोटनहामको जितका लागि पर्याप्त बन्यो ।

टोली अन्तिम समयमा आएर मात्र रेलिगेसनबाट बचेको हो । यसैले खेल सकिएपछि टोटनहामका खेलाडी र समर्थकले निकै खुसी मनाएका थिए । प्रशिक्षक रोबर्टो डे जर्बीले सिजनको अन्त्यतिर टोली सम्हालेपछि टोटनहामले महत्वपूर्ण तीन जित निकाल्नु पनि रेलिगेसनबाट जोगिन महत्वपूर्ण रह्यो ।

results election 2082