ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन शुक्रबार
2082 General Election

उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको निर्वाचन शुक्रबार

Inquiry Nepal Inquiry Nepal May 21, 2026 at 8:02 PM 34 views
अदालतबाट कार्यकारिणी समितिको निर्णय रोक्ने गरी अन्तरिम आदेश जारी नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने अवस्था बनेको हो।...

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्ष पदको निर्वाचन निर्धारित मितिमै हुने निश्चित भएको छ। अदालतबाट कार्यकारिणी समितिको निर्णय रोक्ने गरी अन्तरिम आदेश जारी नभएपछि निर्वाचन प्रक्रिया अगाडि बढ्ने अवस्था बनेको हो।

महासंघले ९ जेठ शुक्रबारका लागि तय गरिएको निर्वाचन कार्यक्रम यथावत रहने जनाएको छ। अध्यक्ष अन्जन श्रेष्ठले पूर्वनिर्धारित तालिका अनुसार कार्यकारिणी समिति बैठक र निर्वाचनसम्बन्धी सबै प्रक्रिया सञ्चालन गरिने जानकारी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, सुरकृष्ण श्रेष्ठ, हेमराज ढकाल र भरतराज आचार्यबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। निर्वाचनलाई महासंघको आगामी नेतृत्व चयनका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

election election 2082