ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कलाकार संघको अध्यक्षमा उत्तम केसी, यस्तो छ नयाँ नेतृत्व
2082 General Candidates Result

कलाकार संघको अध्यक्षमा उत्तम केसी, यस्तो छ नयाँ नेतृत्व

Inquiry Nepal Inquiry Nepal May 18, 2026 at 8:19 PM 50 views
<p>काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आइतबार सम्पन्न २१औ साधारण सभा तथा चुनावी अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा अग्रज हास्यव्यंग्य कलाकार उत्तम केसी (चुईचुइ पारेर) निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न निर्वाचन परिणामबाट अर्का अध्यक्षका उम्मेदवार अभिनेता सविन श्रेष्ठलाई हराउँदै उत्तम केसी अध्यक्षमा विजयी भएका हुन् । कलाकार संघको दुई [&#8230;]</p> <p>The post कलाकार संघको अध्यक्षमा उत्तम केसी, यस्तो छ नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय...

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आइतबार सम्पन्न २१औ साधारण सभा तथा चुनावी अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा अग्रज हास्यव्यंग्य कलाकार उत्तम केसी (चुईचुइ पारेर) निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न निर्वाचन परिणामबाट अर्का अध्यक्षका उम्मेदवार अभिनेता सविन श्रेष्ठलाई हराउँदै उत्तम केसी अध्यक्षमा विजयी भएका हुन् ।

कलाकार संघको दुई उपाध्यक्ष पदको लागि सम्पन्न निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए । जस मध्येबाट कलाकार शिवहरि नेपाल वैरागी र अभिनेत्री पुजना प्रधान (स्त्री) बिजयी भएका छन् ।

सोही अधिवेशनबाट संघको महासचिवमा सुनिल कटुवाल, सचिवमा गोपाल ढकाल ‘छन्दे’, कोषाध्यक्षमा तेजुला खतिवडा र सह कोषाध्यक्षमा पवन केसी बिजयी भएका छन् । संघमा उत्तम र सविनको प्यानल चुनावमा उत्रिएकोमा सह कोषाध्यक्षबाहेक सबै पदाधिकारी उत्तमकै प्यानलबाट विजयी भएका हुन् ।

यस्तै नेपाल चलचित्र कलाकार संघको १० जना केन्द्रीय सदस्यमा कलाकारहरू दमन रुपाखेती, मोनिका दाहाल (चन्द्रकला), इन्द्रबहादुर लामा (खम्बे), लब्ली (चन्द्रकला राई), श्रीदेव भट्टराई, छुल्ठिम गुरुङ, नवीन कुमार श्रेष्ठ, जीवन थापा, रश्मी भट्ट र सुले मान शंकर (इकु) विजयी भएका छन् । १० जना केन्द्रीय सदस्यका लागि २८ जना कलाकारहरूले उम्मेदवारी दिएका थिए ।

The post कलाकार संघको अध्यक्षमा उत्तम केसी, यस्तो छ नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082