2082 General
Candidates
राप्रपाको मुख्य सचिवमा जयन्तनाथ खनाल मनोनीत
Inquiry Nepal
Inquiry Nepal
May 17, 2026 at 3:27 PM
32 views
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मुख्य सचिवमा प्राडा जयन्तनाथ खनाल मनोनीत भएका छन् ।  उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार पार्टीको मुख्य सचिवमा मनोनयन गरेका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । डा. खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए ।  उनी हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष रहेका प्रवक्त...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मुख्य सचिवमा प्राडा जयन्तनाथ खनाल मनोनीत भएका छन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार पार्टीको मुख्य सचिवमा मनोनयन गरेका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । डा. खनाल लामो समय त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए । उनी हाल पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य एवं पार्टी सम्बद्ध प्राज्ञिक परिषदको अध्यक्ष रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
candidates
election 2082