ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

एसईई पास गरेका ५५ विद्यार्थीका लागि सांसद केपी खनालको पूर्ण छात्रवृत्ति

Inquiry Nepal Inquiry Nepal May 16, 2026 at 9:28 PM 24 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल ले एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । ‘५५ विद्यार्थी, ५५ सपना’ शीर्षक दिइएको [&#8230;]</p> <p>The post एसईई पास गरेका ५५ विद्यार्थीका लागि सांसद केपी खनालको पूर्ण छात्रवृत्ति appea...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल ले एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् ।

उनले आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् ।

‘५५ विद्यार्थी, ५५ सपना’ शीर्षक दिइएको उक्त कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई फारम भर्न आग्रह गर्दै सांसद खनालले आवेदन लिंकसमेत सार्वजनिक गरेका छन् ।

सांसद खनालले चुनावका बेला अभिभावकहरूले आफूप्रति देखाएको विश्वास र आशालाई शिक्षा क्षेत्रमा सहयोगमार्फत सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताएका छन् ।

उनका अनुसार छात्रवृत्ति कार्यक्रमले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

The post एसईई पास गरेका ५५ विद्यार्थीका लागि सांसद केपी खनालको पूर्ण छात्रवृत्ति appeared first on RONB post.

parties election 2082