2082 General
Parties
वरिष्ठ अधिवक्ता भट्टराईद्वारा संविधान र न्यायालयप्रति चिन्ता व्यक्त
Inquiry Nepal
Inquiry Nepal
May 16, 2026 at 3:29 PM
35 views
काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभाको विघटनपछि संविधानलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गर्नुभयो। उहाँले विगतमा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गराउँदै अहिले न्यायालयमा त्यो साहस कमजोर भएको महसुस भइरहेको बताउनुभयो। साथै राजनीतिक […]
काठमाडौँ ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले नेपालको वर्तमान संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधि सभाको विघटनपछि संविधानलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गर्नुभयो।
उहाँले विगतमा अदालतले संविधानलाई सही मार्गमा ल्याएको स्मरण गराउँदै अहिले न्यायालयमा त्यो साहस कमजोर भएको महसुस भइरहेको बताउनुभयो। साथै राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र समाप्त हुँदै गएको र दलहरू निजी कम्पनीजस्तै सञ्चालन भइरहेको आरोप समेत लगाउनुभयो।
parties
election 2082