ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
विपक्षीको विरोधबीच प्रतिनिधि सभाबाट सरकारको ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित
2082 General Parties

विपक्षीको विरोधबीच प्रतिनिधि सभाबाट सरकारको ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

Inquiry Nepal Inquiry Nepal May 14, 2026 at 9:56 PM 24 views
विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।...

विपक्षी दलहरूको नाराबाजी र बहिष्कारका बीच संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभाबाट सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

बिहीबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिएपछि उक्त कार्यक्रम अनुमोदन भएको हो।

अर्थमन्त्रीको जवाफ सकिएलगत्तै सभामुखले नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

त्यसअघि सभामुखले संशोधन फिर्ता लिन चाहने सांसदहरूलाई समय उपलब्ध गराएका थिए। तर, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ४ वटा विपक्षी दलले बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनभित्रै उभिएर विरोध जनाएको थियो।

सदनमा सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट बहुमत रहेकाले विपक्षीका सबै संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भए। संशोधन प्रस्तावहरू फेल भएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बैठकले त्यसलाई बहुमतका आधारमा पारित गरेको हो।

यसअघि, प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌मा अनुपस्थित भएको भन्दै विपक्षीले लामो समय सदन अवरुद्ध गरेका थिए।

parties election 2082