काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद मनिष खनालले बादलको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएपछि सभामुखले रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन मंगलबार प्रतिनिधि सभाको रोस्टममा उभिएका बादलले सेनाबारे कडा अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ?’
The post एमाले संसदीय दलका नेता बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो appeared first on RONB post.