2082 General
Election
डा.दीपेन्द्र पाण्डे लाई नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रार जिम्मेवारी
Inquiry Nepal
Inquiry Nepal
May 13, 2026 at 9:11 AM
53 views
काठमाडौं । नेपाल मेडिकल काउन्सिल को निमित्त रजिष्ट्रारको जिम्मेवारी डा. दीपेन्द्र पाण्डेले पाएका छन्। स्वास्थ्य मन्त्री निशा मेहता ले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्म काउन्सिलको दैनिक कामकाज सम्हाल्ने गरी डा. पाण्डेलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी तोकेकी हुन्। डा. पाण्डे गत पुसको दोस्रो साता सम्पन्न काउन्सिलको निर्वाचनबाट सदस्य पदमा निर्वाचित भएका थिए। उनी राष्ट्रिय ट्रमा […]
काठमाडौं ।
नेपाल मेडिकल काउन्सिल को निमित्त रजिष्ट्रारको जिम्मेवारी डा. दीपेन्द्र पाण्डेले पाएका छन्।
स्वास्थ्य मन्त्री निशा मेहता ले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्म काउन्सिलको दैनिक कामकाज सम्हाल्ने गरी डा. पाण्डेलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी तोकेकी हुन्।
डा. पाण्डे गत पुसको दोस्रो साता सम्पन्न काउन्सिलको निर्वाचनबाट सदस्य पदमा निर्वाचित भएका थिए। उनी राष्ट्रिय ट्रमा सेन्टर मा कार्यरत अर्थोपेडिक सर्जन हुन्।
यसअघि काउन्सिलका रजिष्ट्रार रहेका डा. सतिशकुमार देवलाई स्वास्थ्य मन्त्रालयले गत साता पदमुक्त गरेको थियो।
election
election 2082