2082 General
Parties
पुष्पकमल दाहालको आरोप– सरकारले विधि र लोकतान्त्रिक मूल्य मिच्यो
Inquiry Nepal
Inquiry Nepal
May 12, 2026 at 4:06 PM
21 views
काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले विधि, लोकतान्त्रिक मूल्य र संसदीय प्रक्रियाको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले संख्याको दम्भमा संसद् छल्ने, अध्यादेशमार्फत शासन चलाउने तथा सरकारको आलोचना गर्नेहरूलाई पक्राउ गर्ने काम भइरहेको बताउनुभयो । उहाँले जनताले दिएको विश्वासलाई विधि सुदृढीकरणतर्फ प्रयोग गर्न सरकारलाई […]
काठमाडौ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले विधि, लोकतान्त्रिक मूल्य र संसदीय प्रक्रियाको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले संख्याको दम्भमा संसद् छल्ने, अध्यादेशमार्फत शासन चलाउने तथा सरकारको आलोचना गर्नेहरूलाई पक्राउ गर्ने काम भइरहेको बताउनुभयो ।
उहाँले जनताले दिएको विश्वासलाई विधि सुदृढीकरणतर्फ प्रयोग गर्न सरकारलाई आग्रह गर्दै सम्पत्ति विवरणबारे उठेका प्रश्नमा पारदर्शी जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।
parties
election 2082