ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रवि लामिछाने को आडमा राजनीति कति दिन ?
2082 General Parties

रवि लामिछाने को आडमा राजनीति कति दिन ?

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 11:04 AM 28 views
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सरकारका गतिविधि र आफ्नै विगतका अभिव्यक्तिका कारण दबाबमा परेको चर्चा चुलिएको छ । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमको बचाउ गर्नुपर्दा उनी पार्टीभित्र र बाहिर दुवैतर्फ आलोचनामा परेका छन् । विश्लेषकहरूका अनुसार रवि खुला रूपमा सरकारविरुद्ध उभिन नसकेको आकलन गरिएको छ । यता डोजर अभियानले रास्वपाको स्थानीय तह निर्वाचन […]

काठमाडौं ।

रास्वपा सभापति रवि लामिछाने सरकारका गतिविधि र आफ्नै विगतका अभिव्यक्तिका कारण दबाबमा परेको चर्चा चुलिएको छ । सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमको बचाउ गर्नुपर्दा उनी पार्टीभित्र र बाहिर दुवैतर्फ आलोचनामा परेका छन् । विश्लेषकहरूका अनुसार रवि खुला रूपमा सरकारविरुद्ध उभिन नसकेको आकलन गरिएको छ ।

यता डोजर अभियानले रास्वपाको स्थानीय तह निर्वाचन रणनीतिमा समेत असर पारेको बताइन्छ । देशभरका सुकुम्बासी समुदायमा त्रास फैलिएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ । उता दमक, विराटनगर र बुटवललगायत स्थानीय तहहरूले सरकारलाई सुकुम्बासीको विवरण उपलब्ध गराउन अस्वीकार गरेपछि संघीय सरकार र स्थानीय तहबीच टकराव बढ्दो अवस्थामा पुगेको छ ।

यसबीच प्रधानमन्त्री बालेन्द्र शाह माथि टुकुचा खोलामाथि बनेका संरचना हटाउने कि नहटाउने भन्ने प्रश्नसमेत उठ्न थालेको छ । विपक्षीहरूले सरकारले गरिबमाथि डोजर चलाएर धनीहरूको संरक्षण गरेको आरोप लगाइरहेका छन् ।

parties election 2082