ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सरकारको नीति तथा कार्यक्रम आज
2082 General Parties

सरकारको नीति तथा कार्यक्रम आज

Inquiry Nepal Inquiry Nepal May 11, 2026 at 8:21 AM 34 views
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सत्तारुढ दल रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा व्यक्त गरेका प्रतिवद्धतालाई सरकारको नीति […]

काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम आज ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सत्तारुढ दल रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा व्यक्त गरेका प्रतिवद्धतालाई सरकारको नीति तथा कार्यक्रममा समेट्ने छ । नीति तथा कार्यक्रममा मुलुकमा सुशासन कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको र विकास, समाजिक न्याय र विकसित नेपालको अवधारणा अघि सारिएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने महत्वपूर्ण विषयका बारेमा ‘सुझाव संकलन पोर्टल’ खडा गरी आमसर्वसाधारणसँग सुझाव मागेको थियो ।

जनताका सुझावलाई नीति तथा कार्यक्रममा समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । तर, सरकारले निकै ढिलोगरी सुझाव मागेको भन्दै सर्वसाधारणले केही गुनासो गरेका छन् ।

parties election 2082