ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय (RAT)विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष ) मनोनयन
2082 General Candidates

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय (RAT)विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष ) मनोनयन

Inquiry Nepal Inquiry Nepal May 10, 2026 at 8:07 PM 42 views
काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी ले आरएटी (Rapid Action Team) विभागको केन्द्रीय प्रमुखमा वैकुण्ठ थापा ‘आशीष’लाई मनोनयन गरेको छ। पार्टीको वैशाख २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले थापालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। विगत पन्ध्र वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका थापाले विभिन्न विपद् व्यवस्थापन तथा उद्धार अभियानमा सहकार्य गर्दै काम गर्दै आएका छन्। […]

काठमाडौं l राष्ट्रिय स्वतन्त्र पार्टी ले आरएटी (Rapid Action Team) विभागको केन्द्रीय प्रमुखमा वैकुण्ठ थापा ‘आशीष’लाई मनोनयन गरेको छ। पार्टीको वैशाख २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले थापालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

विगत पन्ध्र वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका थापाले विभिन्न विपद् व्यवस्थापन तथा उद्धार अभियानमा सहकार्य गर्दै काम गर्दै आएका छन्। प्राकृतिक विपत्ति, आपतकालीन राहत वितरण तथा समुदायस्तरमा स्वयंसेवी परिचालनमा उनको सक्रिय सहभागिता रहँदै आएको छ।

रास्वपाले संगठनलाई द्रुत, व्यवस्थित र प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यसहित आरएटी विभागलाई थप सक्रिय बनाउने तयारी गरिरहेको छ। सोही योजनाअनुसार सामाजिक तथा विपद् व्यवस्थापन क्षेत्रमा अनुभव हासिल गरेका थापालाई नेतृत्वको जिम्मेवारी दिइएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

यसै बैठकले पूर्व डीआईजी (APF) विदुर खड्कालाई विभागको उप–प्रमुखमा मनोनयन गरेको छ। सुरक्षा तथा विपद् व्यवस्थापन क्षेत्रमा लामो अनुभव भएका खड्काको सहभागिताले विभागलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

candidates election 2082