ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
2082 General Results Update

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

Inquiry Nepal Inquiry Nepal May 6, 2026 at 4:30 PM 62 views
<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन भएका हुन् । महासङ्घको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ । निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका [&#8230;]</p> <p>The post उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन भएका छन् । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन भएका हुन् ।

महासङ्घको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाको मतगणना आज सम्पन्न भएको छ । निर्वाचनमार्फत विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी वस्तुगत सङ्घतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजङ्ग पाण्डे विजयी भएका छन् ।

नवनिर्वाचित नेतृत्वले निजी क्षेत्रको सुदृढीकरण, आर्थिक सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिने अपेक्षा गरिएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अर्को महाधिवेशनबाट अध्यक्ष हुने प्रावधान यसपटक नै अन्तिम रहेको र आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन हुने जनाइएको छ ।

The post उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082