ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

चुनाव हार्ने बित्तिकै पार्टी कार्यालयमा चल्यो डोजर

Inquiry Nepal Inquiry Nepal May 6, 2026 at 11:59 AM 43 views
नेपालसँग सिमाना जोडिएको पश्चिम बंगाल मा भएको चुनावपछि राजनीतिक वातावरण तातिएको छ। चुनावमा भारतीय जनता पार्टी ले स्पष्ट बहुमत हासिल गरेपछि विपक्षी तृणमूल कंग्रेस को पार्टी कार्यालयमा डोजर चलाइएको आरोप सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति भएको घटनामा तृणमूल कंग्रेसको कार्यालयमा क्षति पुगेको छ। उक्त घटनाबारे तृणमूलका नेताकार्यकर्ताले विरोध जनाउँदै बीजेपी समर्थकलाई जिम्मेवार […]

नेपालसँग सिमाना जोडिएको पश्चिम बंगाल मा भएको चुनावपछि राजनीतिक वातावरण तातिएको छ। चुनावमा भारतीय जनता पार्टी ले स्पष्ट बहुमत हासिल गरेपछि विपक्षी तृणमूल कंग्रेस को पार्टी कार्यालयमा डोजर चलाइएको आरोप सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति भएको घटनामा तृणमूल कंग्रेसको कार्यालयमा क्षति पुगेको छ। उक्त घटनाबारे तृणमूलका नेताकार्यकर्ताले विरोध जनाउँदै बीजेपी समर्थकलाई जिम्मेवार ठहर गरेका छन्।

चुनावी परिणामअनुसार २९४ सिटको विधानसभा मध्ये बीजेपीले २०७ सिट जित्दै एकल बहुमत प्राप्त गरेको छ भने तृणमूल कंग्रेस ८० सिटमा सीमित हुँदै प्रमुख प्रतिपक्षी बनेको छ। यसैबीच सुभेन्दु अधिकारी ले कोलकाता दक्षिण क्षेत्रमा ममता बेनर्जी लाई पराजित गरेका छन्, जसका कारण उनी मुख्यमन्त्री बन्ने चर्चा तीव्र भएको छ।

यता ममता बेनर्जीले भने चुनाव निष्पक्ष नभएको दाबी गर्दै बीजेपीले करिब १०० सिट ‘हडपेको’ आरोप लगाएकी छन्। घटनापछि राज्यमा राजनीतिक तनाव अझ बढ्ने संकेत देखिएको छ।

parties election 2082