ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
स्थानीय तह निर्वाचन र महाधिवेशनबारे छलफल गर्न आइतबार रास्वपा सचिवालय बैठक बस्दै
2082 General Parties

स्थानीय तह निर्वाचन र महाधिवेशनबारे छलफल गर्न आइतबार रास्वपा सचिवालय बैठक बस्दै

Inquiry Nepal Inquiry Nepal May 2, 2026 at 8:47 PM 45 views
आगामी स्थानीय तहको निर्वाचन र महाधिवेशनको तयारीका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सचिवालयको बैठक आह्वान गरेको छ।...

आगामी स्थानीय तहको निर्वाचन र महाधिवेशनको तयारीका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सचिवालयको बैठक आह्वान गरेको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने भएको हो।

बैठकमा मुख्य गरी आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्ने विषयमा छलफल हुनेछ। बैठकको कार्यसूचीमा ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’ र ‘महाधिवेशन कार्यविधि २०८३’ लाई प्राथमिकताका साथ राखिएको रास्वपाले जनाएको छ।

यसैगरी, बैठकले संसदीय दलको विधान संशोधनका सम्बन्धमा पनि आवश्यक निर्णय लिने बुझिएको छ। विधान संशोधन र विविध समसामयिक विषयमा छलफल गरी सांगठनिक सुदृढीकरणको मार्गचित्र तय गर्ने पार्टीको तयारी छ।

पार्टीले सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

parties election 2082