ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो
2082 General Election Update

‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो

Inquiry Nepal Inquiry Nepal April 27, 2026 at 6:09 PM 47 views
<p>काठमाडौं । नेपाली चलचित्र डिजिटल युगमा प्रवेश गरे पनि नेपाल चलचित्र कलाकार संघमा डिजिटल प्रणालीको प्रमाण खोज्दा गत साता संघको निर्वाचन नै स्थगित भयो । अभिनय गरेको चलचित्रको ‘डिजिटल प्रमाण’ नहुँदा ठुलो असर परेको छ । नेपाल चलचित्र कलाकार संघका सदस्यले अभिनय गरेको कम्तीमा पाँच चलचित्र युट्युबमा हुनैपर्ने कलाकार संघको माग रहेको छ । सम्बन्धित [&#8230;]</p> <p>The post ‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com...

काठमाडौं । नेपाली चलचित्र डिजिटल युगमा प्रवेश गरे पनि नेपाल चलचित्र कलाकार संघमा डिजिटल प्रणालीको प्रमाण खोज्दा गत साता संघको निर्वाचन नै स्थगित भयो । अभिनय गरेको चलचित्रको ‘डिजिटल प्रमाण’ नहुँदा ठुलो असर परेको छ ।

नेपाल चलचित्र कलाकार संघका सदस्यले अभिनय गरेको कम्तीमा पाँच चलचित्र युट्युबमा हुनैपर्ने कलाकार संघको माग रहेको छ । सम्बन्धित कलाकारले युट्युबमा राखिएको आफ्नो चलचित्रको चरित्र प्रस्ट चिनिने ‘स्क्रिन सट’ बुझाउनैपर्ने नियम नेपाल चलचित्र कलाकार संघले लागू गरेको थियो । सोही यसमा गम्भीर विवाद निम्तियो ।

६ सय ५० भन्दा बढी साधारण सदस्य रहेको संघको यहीकारण १७६ भन्दा बढीको नवीकरण हुन सकेन । बाँकी सदस्यले नवीकरण विषयमा चर्चो माग भएपछि अन्ततः २८ चैत २०८२ मा हुने नेपाल चलचित्र कलाकार संघको चुनाव नै रोकिएको थियो । संघको अबको निर्वाचन आगामी ३ जेठमा हुने भनेर सूचना निकालेको छ । तर, नवीकरण समस्या अझै छ ।

नेपालमा निर्माण भएका चलचित्रमध्ये एकतिहाइ चलचित्र पनि युट्युबमा राखिएको छैन । यो कुरा बल्ल नेपाल चलचित्र कलाकार संघ कार्यसमितिले मनन गरेको छ । दर्जन चलचित्रमा अभिनय गरेको कतिपय अग्रज कलाकारका पुराना चलचित्र युट्युबमा राखिएका छैनन् । आफ्नो चलचित्र युट्युबमा नभेटिँदा उनीहरूको सदस्यता ‘नवीकरण गर्ने कि नगर्ने ?’ भनेर संघमा विवाद चर्किएको छ ।
संघको नया“ नेतृत्वका लागि अभिनेता सविन श्रेष्ठ र हास्यअभिनेता उत्तम केसी नेपालले यसअघि नै उम्मेदवारी दिइसकेका छन् । उनीहरूले आ–आफ्नो प्यानल बनाएर खडा भएका छन् ।

कलाकार केसीले आफ्नो प्यानलले चुनाव जित्ने निश्चित भएपछि ‘त्यसलाई असर पार्न अस्वाभाविक नियम लादेको’ भन्दै संघ महासचिवसमेत रहेका उम्मेदवार श्रेष्ठ र सचिव रामेश्वर बुर्लाकोटीमाथि आरोप लगाएका छन् । रामेश्वर अहिले सविनकै प्यानलबाट महासचिवको उम्मेदवार बनेका छन् ।

संघ अध्यक्ष मोहन निरौला युट्युबमा राखिएको चलचित्रबाट कलाकारले ‘स्क्रिन सट ल्याएपछि मात्र सदस्यता नवीकरण गर्ने’ भनेर सचिव बुर्लाकोटीले नियम ल्याएको राजधानीसँग बताए । बुर्लाकोटीले अध्यक्ष निरौलाकै चाहनाअनुसार ‘यो नियम पारित गराएको’ प्रस्ट पारे । यो नियम सुरुमा अध्यक्ष निरौलाले स्वागत गरेको तर अहिले विवादपछि आफूलाई दोषी देखाएको पनि बुर्लाकोटीको गुनासो छ ।

यही कारण सदस्यता नवीकरणमा समस्या आएपछि २८ चैत २०८२ मा कलाकार संघले सदस्यको नामावली नै प्रकाशन गर्ने सकेन । जसका कारण निर्वाचन स्थगित भएको थियो । संघको निर्वाचन ‘अब ३ जेठमा गर्ने’ भनेर संघले सूचना सार्वजनिक गरेको छ । तर, अझै पनि धेरै नै चलचित्रलाई सम्बन्धित निर्माताले युट्युबमा नराख्दा त्यसका कलाकारले आफ्नो ‘स्क्रिन सट’ युट्युबबाट लिन पाएका छैनन् । सोही कारण उनीहरूको नवीकरण अझै रोकिएको छ । यस विषयमा चाँडै नै अर्को निर्णय लिने र वास्तविक सदस्यलाई मतदान गर्न र उम्मेदवार बन्नबाट आफूहरू वञ्चित नगर्ने पनि निरौलाको कथन छ ।

कलाकार संघमा यसअघि नै मोटो रकम तिरेर आजीवन सदस्य बनेकामा भने यो नियम लागू गरिएको छैन । साधारण सदस्यलाई मात्र पा“चवटा चलचित्रमा आफूले अभिनय गरेको ‘स्क्रिन सट’ संघमा बुझाउनुपर्ने नियम लगाइएको छ ।

स्थगित चुनावको फेरि नयाँ मिति घोषणा गर्दा पनि सदस्यता नवीकरण समस्या नसकिएका कारण कलाकार संघ अध्यक्ष पदका दुवै उम्मेदवार चिन्तन छन् । युट्युबमा आफ्नो चलचित्र नराखिएका कलाकारले सम्बन्धित चलचित्रका निर्माता निर्देशकबाट आफूले काम गरेको’bout सिफारिस पत्र ल्याएका छन् । सोही पत्रको आधारमा सदस्यता नवीकरण गर्नुपर्ने माग उनीहरूले उठाएका छन् । संघ विधानमा पनि यही उल्लेख छ । ‘डिजिटल प्रमाण’का आधारमा आफूहरूलाई हटाउने चलखेल भइरहेको धेरै सदस्यको गुनासो छ ।

The post ‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082