ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

संसदीय दलको नेता चयन गर्न नसकेको भन्दै गगन र विश्व आलोचित

Inquiry Nepal Inquiry Nepal April 26, 2026 at 2:25 PM 43 views
काठमाडौं । निर्वाचन परिणाम आएको डेढ महिनासम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको भन्दै कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको आलोचना हुन थालेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ मध्ये पाँच दलले एक महिनाअघि नै दलको नेता चयन गरिसकेका छन् । तर संसद्मा ३८ सांसदको प्रतिनिधित्व गर्ने र प्रमुख प्रतिपक्षी दल कांग्रेसले […]

काठमाडौं । निर्वाचन परिणाम आएको डेढ महिनासम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको भन्दै कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको आलोचना हुन थालेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ मध्ये पाँच दलले एक महिनाअघि नै दलको नेता चयन गरिसकेका छन् ।

तर संसद्मा ३८ सांसदको प्रतिनिधित्व गर्ने र प्रमुख प्रतिपक्षी दल कांग्रेसले अहिलेसम्म दलको नेता चयन गर्न सकेको छैन । विशेष महाधिवेशनपछि सुधारिएको कांग्रेस र सुध्रिन्छौं भनेर वाचा गरेका गगन र विश्वप्रकाशबीच दलको नेता चयनमा स्वार्थ बाझिएको देखिएको छ । कांग्रेसले पटकपटक दलको नेता चयन गर्न भन्दै संसदीय दलको बैठक बोलाउने र स्थगित गर्ने गर्दै आएको छ । आफ्नो पक्षका प्रभावशाली सांसद नभएकैले कांग्रेसमा दलको नेता चयनमा महाभारत भएको हो ।

कांग्रेसमा विशेष महाधिवेशनबाट आएको गगन–विश्वप्रकाशभन्दा शेरबहादुर देउवा र शेखर कोइराला पक्षका सांसद बढी निर्वाचित भएका छन् । त्यसैले पनि गगन र विश्वलाई सहज नभएको हो । त्यसमा पनि गगन र विश्वबीच नै कसलाई दलको नेता बनाउने भन्ने सहमति हुन सकेको छैन ।

गगन मोहन आचार्य र विश्वप्रकाश भीष्मराज आङदेम्बेको पक्षमा छन् । यदि चुनाव भयो र देउवा र कोइराला पक्ष मिले भने गगन र विश्वले उठाएका उम्मेदवार पराजित हुने सम्भावना बढी छ । त्यही भएर सहमतिबाटै दलको नेता चयन गर्ने तयारी भइरहेको हो । कांग्रेस सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीले सोमबार दिउँसो १ बजेसम्म पार्टी संसदीय दल नेता चयन भइसक्ने दाबी गरेका छन् ।

उनका अनुसार उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा संसदीय दल नेता चयनका लागि सहमति जुटाउन छलफल भइरहेको छ। सोमबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने र त्यसपछि निर्वाचन समितिबाट संसदीय दल नेता चयन अघि बढ्ने पनि स्नेहीले बताए। केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति उपसभापति शर्मा कार्यदलको सुझावका आधारमा सभापति थापाले संसदीय दल नेता उम्मेदवार प्रस्ताव गर्ने तयारी छ।

parties election 2082