ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निलम्बन फिर्ता गर्न राखेपलाई मे ४ सम्मको अवधि
2082 General Election

निलम्बन फिर्ता गर्न राखेपलाई मे ४ सम्मको अवधि

Inquiry Nepal Inquiry Nepal April 24, 2026 at 12:26 PM 60 views
काठमाडौं । फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एन्फासम्बन्धी आफ्नो निर्णय फिर्ता लिन मे ४ (वैशाख २१ गते) सम्मको समयअवधि दिएका छन् । फिफा र एएफसीले राखेपले गत वर्ष चैत ११ गते गरेको निर्णय एन्फाको स्वायत्ततामा हस्तक्षेप हुने भन्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेका हुन् । तहगत निर्वाचन […]

काठमाडौं ।

फिफा र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई एन्फासम्बन्धी आफ्नो निर्णय फिर्ता लिन मे ४ (वैशाख २१ गते) सम्मको समयअवधि दिएका छन् ।

फिफा र एएफसीले राखेपले गत वर्ष चैत ११ गते गरेको निर्णय एन्फाको स्वायत्ततामा हस्तक्षेप हुने भन्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेका हुन् । तहगत निर्वाचन र आफ्ना अन्य निर्देशन नमानेको भन्दै राखेपले एन्फालाई ३ महिना निलम्बन गरेको थियो । सोही निलम्बनले गर्दा एन्फाको चैत १३ गर्ने भनिएको निर्वाचन स्थगित गर्नु परेको थियो ।

तोकिएको मितिसम्म निर्णय फिर्ता नभए परिस्थिति थप जटिल हुन सक्ने संकेत पनि पत्रमा उल्लेख गरिएको छ । फिफा र एएफसीले राखेपलाई आफ्नो निर्णय पुनर्विचार गरी निलम्बन फिर्ता गरिएमा त्यसपछि सबै सरोकारवालासँग रचनात्मक संवादमार्फत साझा समाधान खोज्न तयार भएको पनि उल्लेख छ ।

यदि, यसो नभएमा राखेपले २०८२ चैत ११ गते एन्फालाई जारी रहेको निर्वाचन प्रक्रिया रोक्न, एन्फाको विधानका केही प्रावधान संशोधन गर्न तथा जिल्ला फुटबल संघहरूलाई पनि आफ्नो विधान संशोधन गरी निर्वाचनमार्फत साधारणसभा गर्न निर्देशन दिएको प्रसंगलाई पनि पत्रमा उल्लेख गरिएको छ ।

यही अप्रिल १३ मा राखेप, एन्फा, फिफा र एएफसीबीच एन्फाको वर्तमान अवस्थाबारे अनलाइन बैठकसमेत भएको थियो । तर, त्यसमा कुनै पनि समाधान निस्केको थिएन ।

election election 2082