ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
कांग्रेसले संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन गर्ने
2082 General Parties

कांग्रेसले संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन गर्ने

Inquiry Nepal Inquiry Nepal April 20, 2026 at 1:42 PM 54 views
काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन साेमबार हुने भएको छ । निर्वाचन सम्पन्न भएको डेढ महिनासम्म संसदीय दलको नेता चयन गर्न नसकेको कांग्रेसले वैशाख ८ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो । उपत्यकामा रहेका सांसदहरुलाई उपत्यका नछाड्न र बाहिर भएकाहरुलाई साेमबारसम्म आइपुग्न सन्देश पठाइएको छ । यसैबीच, कांग्रेस सभापति गगन थापा र निवर्तमान […]

काठमाडौँ।

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन साेमबार हुने भएको छ । निर्वाचन सम्पन्न भएको डेढ महिनासम्म संसदीय दलको नेता चयन गर्न नसकेको कांग्रेसले वैशाख ८ गते दलको नेता चयन गर्ने निर्णय गरेको हो । उपत्यकामा रहेका सांसदहरुलाई उपत्यका नछाड्न र बाहिर भएकाहरुलाई साेमबारसम्म आइपुग्न सन्देश पठाइएको छ ।

यसैबीच, कांग्रेस सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सर्वाेच्च अदालतबाट आधिकारिकता पाउनासाथ पार्टीको बृहत्तर एकताका लागि पहल सुरु गर्ने जनाएका थापाले आइतबार साँझ खड्का निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।

पार्टीमा देखिएको बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले जानकारी दिएका छन् । सभापति थापाले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न कांग्रेस नेता तथा कार्यकर्तालाई आह्वान पनि गरे ।

parties election 2082