ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिने रास्वपाको निर्णय

Inquiry Nepal Inquiry Nepal April 19, 2026 at 6:10 PM 47 views
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।  पार्टीको आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गरिने छ । यस्तै, रास्वपाले प्रवास&...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।  पार्टीको आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रको जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गरिने छ । यस्तै, रास्वपाले प्रवास विभाग प्रमुखमा दीपक बोहरालाई नियुक्त गरेको छ ।
parties election 2082