ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
निर्वाचनमा हार-जित जे भए पनि हामी भक्तपुरवासीको सेवक भएर उभिरहनेछौं : महेश बस्नेत
2082 General Election

निर्वाचनमा हार-जित जे भए पनि हामी भक्तपुरवासीको सेवक भएर उभिरहनेछौं : महेश बस्नेत

Inquiry Nepal Inquiry Nepal April 18, 2026 at 1:26 PM 46 views
नेकपा एमालेका सचिव महेश बस्नेतले आफू भक्तपुरवासीको सेवामा सदैव उभिरहने बताएका छन‍्।

नेकपा एमालेका सचिव महेश बस्नेतले आफू भक्तपुरवासीको सेवामा सदैव उभिरहने बताएका छन‍्।

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै उनले आफू भक्तपुरवासीको सेवामा सदैव उभिरहने प्रचिबद्धता व्यक्त गरेका हुन्। एउटा उम्मेदवारका लागि हार वा जित जीवनको एउटा सामान्य मोड मात्र भएको जिकिर गर्दै बस्नेतले तर साँचो नेताका लागि सबैभन्दा ठूलो जित भनेको राष्ट्रको मान बढाउनु र जनताको मुहारमा खुसी ल्याउनु नै भएको बताए।

सामाजिक सञ्जालमार्फत उनले भने, 'कहिलेकाहीँ जनताहरू स्टनबाजीमा बहकिन सक्छन्, भ्रममा पर्न सक्छन् र निर्णयमा चुक्न सक्छन्। तर समयसँगै सत्य उजागर हुन्छ, र सही मूल्य र मान्यता फेरि स्थापित हुन्छ भन्नेमा मेरो अटुट विश्वास छ।'

सोही क्रममा उनले भने, 'भक्तपुरका प्रिय दाजुभाइ, दिदीबहिनी तथा देशभरिका आदरणीय साथीहरू, तपाईंहरूलाई जस्तोसुकै दुःख, समस्या वा अप्ठ्यारो परे पनि सम्झनुहोस् हामी तपाईंहरूका सेबक हौं। तपाईंहरूको सुख–दुःखमा सधैं साथ दिन, सेवा गर्न र तपाईंहरूको भरोसा जोगाइराख्न हामी सदैव जनताको भरोसा र सेवक भएर उभिरहनेछौं।'

election election 2082