ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपाले टुंग्यायो संसदीय समितिका सभापति उम्मेदवार (सूचीसहित)
2082 General Candidates

रास्वपाले टुंग्यायो संसदीय समितिका सभापति उम्मेदवार (सूचीसहित)

Inquiry Nepal Inquiry Nepal April 16, 2026 at 3:27 PM 53 views
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले संसदीय समितिका सभापतिका उम्मेदवार टुंग्याएको छ । बिहीबार मध्याह्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूका लागि उम्मेदवार तय गरेको हो । पार्टीका एक सांसदका अनुसार प्रस्तावित नामहरू बैठकबाट अनुमोदनसमेत गरिएको छ । रास्वपाले उम्मेदवार छनोट गर्दा अनुभव भएका तथा विषयगत विज्ञता भएका सांसदलाई […]

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले संसदीय समितिका सभापतिका उम्मेदवार टुंग्याएको छ ।

बिहीबार मध्याह्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूका लागि उम्मेदवार तय गरेको हो । पार्टीका एक सांसदका अनुसार प्रस्तावित नामहरू बैठकबाट अनुमोदनसमेत गरिएको छ ।

रास्वपाले उम्मेदवार छनोट गर्दा अनुभव भएका तथा विषयगत विज्ञता भएका सांसदलाई प्राथमिकता दिएको जनाएको छ । यस्तै, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने निर्णय गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ भने निर्वाचन शुक्रबारका लागि तय गरिएको छ ।

candidates election 2082