ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
प्रधानमन्त्री शाहले बुधबार समानुपातिक सांसदसँग छलफल गर्ने
2082 General Parties

प्रधानमन्त्री शाहले बुधबार समानुपातिक सांसदसँग छलफल गर्ने

Inquiry Nepal Inquiry Nepal April 14, 2026 at 10:46 PM 55 views
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ । अन्तरक्रियामार्फत […]

काठमाडौँ।

प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम बुधबार मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा सांसदहरूले आआफ्ना ‘क्लस्टर’ का समस्या, चुनौती तथा समाधानका उपायबारे धारणा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको छ ।

अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

parties election 2082