ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
इतिहासमै पहिलोपटक सबै मन्त्रीको सम्पत्ति सार्वजनिक
2082 General Parties Update

इतिहासमै पहिलोपटक सबै मन्त्रीको सम्पत्ति सार्वजनिक

Inquiry Nepal Inquiry Nepal April 13, 2026 at 5:14 AM 58 views
<p>काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ । सरकारले इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गरेरै सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्रीले देखाए सोसल मिडियाबाट मात्रै १ करोड ४६ लाख आम्दानी सत्तारूढ दलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको ‘बाचापत्र’को बु ँदा १६ मा सार्वजनिक [&#8230;]</p> <p>The post इतिहासमै पहिलोपटक सबै मन्त्रीको सम्पत्ति सार्वजनिक appear...

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ । सरकारले इतिहासमै पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गरेरै सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्रीले देखाए सोसल मिडियाबाट मात्रै १ करोड ४६ लाख आम्दानी

सत्तारूढ दलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको ‘बाचापत्र’को बु ँदा १६ मा सार्वजनिक पदधारण गर्न ुअघि र पदबाट हटेपछि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । यो प्रतिबद्धता र भ्रष्टाचार निवारण ऐन प्रावधानअनुसार प्रधानमन्त्री र मन्त्रीका सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट ‘आफूले हालसम्म १ करोड ४६ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको’ विवरण सार्वजनिक गरेका छन् ।

श्रीमती सविना काफ्लेका नाममा १९० तोला सुन, चाँदी र हिरा रहेको विवरण सार्वजनिक गरेका प्रधानमन्त्रीले यीमध्ये ‘सुनचाँदी र हिरा कति कति हो ?’ भनेर छुट्याएका छैनन् । उनले काठमाडौं, धनुषा र महोत्तरीमा गरी १० बिगाहा २ कट्ठा र ५ आना जग्गा भएको विवरणमा देखाएका छन् । उनले आफ्नो सम्पत्तिका रूपमा फेसबुक, टिकटक, युट्युबसहितका डिजिटल माध्यमलाई देखाएका छन् । जहाँ उनले ‘फलोअर’ संख्यासमेत उल्लेख गरेका छन् ।

गृहमन्त्रीको २६० रोपनी जग्गा ४ करोडको सेयर, ८९ तोला सुन
गृहमन्त्री सुधन गुरुङका े नाममा २६० रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । प्रधानमन्त्री कार्यालयमा पेस सम्पत्ति विवरणमा धनकुटा, चितवन र गोरखामा रहेको जग्गा उल्लेख गरिएका छन् । प्रधानमन्त्री कार्यालयद्वारा सार्वजनिक विवरणअनुसार चितवन भरतपुर–१८ मा १९ रोपनी ८ आना (३० कट्ठा), गोरखा चुमनुब्री–३ मा २२१ रोपनी र धनकुटा कार्कीछापमा १९ रोपनी जग्गा छ ।

गुरुङसँग नगद करिब ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । उनले देखाएको विवरणअनुसार नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ छ । गुरुङले सुन पैतृक सम्पत्ति खुलाएका छन् भने नगद तथा जग्गा खरिदको आयस्रोत खुलाएका छैनन् ।

मन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर रहेको विवरणमा उल्लेख छ । उनले गरेको लगानीअनुसार ‘होप होल्डिङ’मा ३० हजार कित्ता अर्थात् ३० लाख रुपैयाँबराबरको सेयर रहेको छ । गुरुङले लगुम प्रिमियममा ५७ हजार कित्ता सेयर ५७ लाख रुपैयाँको सेयर रहेको उल्लेख गरेका छन् । उनले धितोपत्रमा कारोबार हुने रकम सेयर भनेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् ।

सम्पत्ति विवरणअनुसार गुरुङसँग ४७ लाख ९९ हजार रुपैयाँमा किनेको एमजी गाडी पनि रहेको छ । यो गाडी भने लगुम प्रिमियम अपार्टमेन्टको नाम छ ।

स्वास्थ्यमन्त्रीको ३० तोला सुन र ५० तोला चाँदी
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले काठमाडौं सौखेलमा ५६ लाखमा किनेको ७ आना जग्गा र परिवारका सदस्यका नाममा ८ बिघा जग्गा रहेको खुलाएकी छन् । मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी छन् । यो उनले दाइजो र उपहारबाट प्राप्त गरेकी हुन् । मेहताले विभिन्न चार कम्पनीका सेयर खरिदमा पनि तलब खर्चिएको उल्लेख गरेकी छन् ।

मेहताले जीएचएलको ६९ कित्ता अर्थात् १४ हजार ६५९ रुपैयाँ, एचडीएचएको ८८ कित्ता अर्थात् १९ हजार ८८८ रुपैयाँ, जीबीएलभीको २८ कित्ता अर्थात् ३६ हजार ५९६ र निफ्राको ६४ कित्ता अर्थात् १७ हजार २०२ रुपैयाँबराबरको सेयर खरिद गरेकी छन् । मेहतासँग माछापुच्छ«े बैंकमा ७ लाख २३ हजार ५३६ र सानिमा बैंकमा १ लाख रुपैयाँ नगद रहेको छ । उनले २५ लाखमा ग्राण्ड आई १० गाडी पनि तलबबाट खरिद गरेको उल्लेख गरेकी छन् ।

अर्थमन्त्रीको १० करोडको अपार्टमेन्ट, करोडभन्दा बढी नगद
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेको करोडौंको सेयर र अपार्टमेन्ट छन् । ललितपुर र काभ्रेमा अपार्टमेन्टसहित तनहुँमा पैतृक सम्पत्ति, सुन, र सेयरमा लगानी भएको उनले उल्लेख गरेका छन् । वाग्लेको नाममा ललितपुर र काभ्रेमा गरी करिब १० करोड ७५ लाख रुपैयाँबराबरको दुई अपार्टमेन्ट रहेका छन् भने तनहुँ बन्दीपुरमा २ करोड रुपैयाँबराबरको ३ रोपनी ३ आना जग्गा छ ।

यसैगरी, तनहुँ भानु नगरपालिकामा वाग्लेको नाममा ८ लाख ५० हजार रुपैयाँबराबरको ६ रोपनी जग्गा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेले आफ्नो र श्रीमतीको गरी कुल ४५ तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् भने हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर बैंक गरी १ करोड ९० लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्ले विभिन्न कम्पनीका सेयर खरिदबापत ४ करोड १० लाख रुपैयाँ लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सानिमा मिडल तमोर हाइड्रो र सांग्रिला विकास बैंकको क्रमशः ७१ हजार ९३ कित्ता र २५ हजार ७६२ कित्ता सेयर रहेको जनाएका वाग्लेले नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडमा ९० लाख रुपैयाँबराबरको, ठुलो खोलामा ६० लाख रुपैयाँबराबरको र अपर मादी खोला हाइड्रोपावरमा ३ करोड रुपैयाँबराबरको सेयर लगानी रहेको उल्लेख गरेका छन् ।

शिक्षामन्त्रीको सम्पत्ति २३ करोड ४१ लाख
सरकारका शिक्षामन्त्री सस्मित पोखरेलले २३ करोड ४१ लाख २७ हजार खुद सम्पत्ति रहेको विवरण बुझाएका छन् । मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणमा पोखरेलले पुख्र्यौलीसहितको सम्पत्ति रहेको विवरणमा उल्लेख गरेका हुन् । कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रहेकोमा ७५ लाख ऋण र सापटी लिएको उल्लेख छ । मन्त्री पोखरेलले बुबा रमेशकुमार पोखरेल र आमा मिनाक्षी ओझा पोखरेलको नाममा काठमाडौंमा ४ र पाँच करोडको घर जग्गा रहेको उल्लेख गरिएको छ ।

बाबु राष्ट्र बैंकमा कार्यरत हुँदाको कमाइ र पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ । काठमाडौं, विराटनगर, ललितपुर गोदावरी, गोकर्णेश्वरमा बाबुआमा र पैतृकरूपमा संयुक्त साढे ११ करोड हाराहारी रुपैयाँको जग्गा रहेको उल्लेख छ । २५ तोला सुन र एक सय तोला चाँदी रहेको पनि उल्लेख छ । सानिमा र एनएआसी बैंकमा साढे चार लाख नगद रहेको उल्लेख छ । विभिन्न कम्पनीका सेयर र दुई वटा गाडी रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

१० तोला सुन भएकी कानुनमन्त्रीसँग ७४ लाख नगद
कानुनमन्त्री सोविता गौतमले १० तोला सुन, ९ तोला चाँदी र काठमाडौं तथा चितवनमा श्रीमान् र सासूसहितको जग्गा भएको उल्लेख गरेकी छन् । गौतमले विवाहमा १० तोला र पैतृक ५ तोला सुन रहेको देखाएकी छन् । पैतृक ९ तोला चाँदी रहेको उल्लेख गरेकी उनले विवाहमा एक तोला हिरा प्राप्त भएको उनको विवरणमा उल्लेख छ । बैंकतर्फ एनआइसी एसियामा तीन लाख ६८ हजार ८६७ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा ४६ हजार ८७४ रुपैयाँ, नबिल बैंकमा ४ लाख ८१ हजार, ७६७ रुपैयाँ, माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार ५५३ रुपैयाँ देखाइएको छ ।

ग्लोबल बैंकमा ८ हजार २७४ रुपैयाँ रहेको देखाइएको छ । व्यवसायबाट, लगानी र तलब भनेर नगद विवरण देखाइएको छ । ग्लोब ट्रट हिमालय टूर्स एन्ड ट्रेक्समा ५० प्रतिशत सेयर, सोपा मल्टिपल कम्पनीमा प्रतिकित्ता एक सय दरको ६ हजार ५ सय कित्ता प्रमोटर सेयर भएको उल्लेख गरिएको छ । गाडी खरिदको लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख र एभरेस्ट बैंकबाट २५ लाख लिएको उल्लेख छ । श्रीमान् गृहेन्द्र घिमिरेले ९५ लाखको गाडी खरिद गरेको उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर गाडी खरिद गरेको जनाइएको छ । २ लाख ७५ हजार रुपैयाँको स्कुटर खरिद गरिएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

भौतिक पूर्वाधारमन्त्रीको करोडौँको सम्पत्ति
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको नाममा करोडौंको सम्पत्ति रहेको उल्लेख गरेका छन् । लम्सालसँग कावासोती, बिरुवा र तिलोत्तमा नगरपालिकामा जग्गा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा जमुना लम्सालको नाममा तिलोत्तमा नगरपालिकामा १ कट्ठा १० धुर, कावासोतीमा १० कट्ठा १५ धुर जग्गा छ । बिरुवा नगरपालिकामा बोधराज लम्सालको नाममा ७ रोपनी खेत, १४ रोपनी बारी र अर्को ८ रोपनी बारी रहेको उल्लेख छ । लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । यी विवरणमा उनले सम्पत्तिको स्रोत भने उल्लेख गरेका छैनन् । लम्सालले ९० लाख नगद रहेको उल्लेख गरेका छन् ।

संघीय मामिलामन्त्रीको १ लाख कित्ता आईपीओ
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले काठमाडौं र बारा गरी दुई ठाउँमा जग्गा भएको उल्लेख गरेकी छन् । उनले काठमाडौं बूढानीलकण्ठमा ५ आना जग्गा र बाराको कोलाबीमा रहेको १७ धुर जग्गा दुवै आफ्नो नाममा रहेको तर श्रीमान्को कमाइबाट खरिद गरेको उल्लेख गरेकी हुन् ।

आफूसँग २५ तोला सुन रहेको उल्लेख गरेकी रावलले यसको स्रोत भने स्वआर्जन र परिवारको उपहारबाट प्राप्त गरेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । नबिल बैंक, ग्लोबल आईएमई बैंक र एभरेस्ट बैंकमा गरी कुल २४ लाख ७८ हजार ७६० रुपैयाँ नगद रहेको उल्लेख गरेकी रावलले सो श्रीमान्को आयबाट जम्मा भएको उल्लेख गरेकी छन् । रावलले एभरेस्ट बैंकमा २० लाख रुपैयाँको ऋण रहेको बताएकी छन् । मन्त्री रावलले विभिन्न कम्पनीको आईपीओ खरिदबाट एक लाख कित्ताबराबरको सेयर रहेकोसमेत उल्लेख गरेकी छन् ।

२० कुखुरा पालेकी बादीको सबैभन्दा कम सम्पत्ति
आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार सम्भवतः सबैभन्दा कम सम्पत्ति महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीसँग रहेको देखिएको छ । सीता बादीले १८ तोला सुन भएको सम्पत्ति विवरण बुझाएकी छन् । मन्त्रिपरिषद् कार्यालयले जारी गरेको विवरणअनुसार बादीले विवाहमा प्राप्त भएको १८ तोला सुन छ । चाँदी १५ तोला र ५० हजार नगद रहेको उल्लेख गरेकी छन् । उनले एनआईसी एसिया र प्रभु बैंकमा १५ लाख नगद मौज्दात रहेको विवरण बुझाएकी छन् । आफ्नो र श्रीमानको नाममा स्कुटर र मोटरसाइकल एक–एक थान रहेको विवरण पनि उनले बुझाएकी छन् । २० वटा कुखुरा र एउटा कुकुर रहेको विवरण पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

५० हजारको घडी लगाउने कृषि मन्त्रीसँग बाख्रा र कुखुरा
कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको विवरण पेस गरेकी छन् । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्यापटप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ । उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी छ ।

सो सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ । ५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरीले ऋणमा एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुटर खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ । स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको जनाइएको छ ।

संस्कृतिमन्त्रीको करोडको लगानी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज (गनेश) पौडेलले भाउजूको नाममा रहेको पोखरा– १४ मा रहेको २ करोड ६० लाखमा बैंकको ऋण तथा पैतृक सम्पत्तिबाट खरिद गरेको घर र आमा खीमाकुमारी पौडेलको नाममा कास्कीमा तीन ठाउँमा जग्गा रहेको विवरण पेस गरेका छन् । मन्त्री पौडेलसँग ११ तोला सुन र ५ तोला चाँदी पुस्तान्तरण भएर आएको उल्लेख गरेका छन् । मन्त्री पौडेलले माछापुच्छ्रे बैंकमा ८ लाख रुपैयाँ र एनएमबी बैंकमा ५१ हजार रुपैयाँ नगद जम्मा रहेको पनि उल्लेख गरेका छन् । र मझेरी सहकारीमा १ लाख ३५ हजार रुपैयाँ रहेको पनि सम्पत्ति विवरणमा लेखेका छन् ।

एसएसआईएस र बीजीडब्लुटी कम्पनीमा पनि लगानी रहेको उल्लेख गरेका छन् । मन्त्री पौडेलले आफ्ना दाजु पशुपति पौडेलसँग एउटा गाडी रहेको र आफूसँग दुईवटा स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पौडेलले बुक लिफ्ट प्रालिमा २५ लाख र मझेरी मञ्जिलमा पारिवारिक लगानीका रूपमा २ करोड लगानी गरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री पौडेलले मझेरी सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएको विवरण पनि उल्लेख गरेका छन् । घर किन्न शर्माले माछापुच्छे« बैंकबाट १ करोड ३० ऋण लिएको विवरण पनि पेस गरेका छन् ।

परराष्ट्रमन्त्रीको ४ ठाउँमा जग्गा
परराष्ट्रमन्त्री शिशिर खनालको टोखामा रहेको ६ आना जग्गामा रहेको घर, तनहुँमा रहेको १५ रोपनी, नवलपुर देउचुलीमा रहेको १३ रोपनी र नेपालगन्जको २ कट्ठा जग्गा सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तनहुँको जग्गा पैतृक भएको र अन्य दुई ठाउँको खरिद भनी उल्लेख गरेका छन् । खनालले २२ तोला सुन २५ तोला चाँदी र १० लाख नगद रहेको उल्लेख गरेका छन् ।

खनालले नविल बैंकको ५० कित्ता, ग्लोबल आइएमइ को १०९ कित्ता, ओम मेगाश्री फर्मास्युटिकल्सको ५ हजार कित्ता, बिपीडब्लु माइक्रोफाइनान्सको २५०० कित्ता सेयर रहेको जनाएका छन् । त्यस्तै, उनले पिक एन्ड ड्रप नेपालको ३३ प्रतिशत, रिगपाल इन्टरनेसनल प्रालिको १०० प्रतिशत सेयर रहेको जनाएका छन् । उनले ताजा एग्रो फार्मको १६ प्रतिशत सेयर रहेको उल्लेख गरेका छन् । उनले विभिन्न मितिमा लिएको १ करोड ऋण उल्लेख गरेका छन् भने अच्युता अधिकारीको नाममा विभिन्न कम्पनीमा सेयर रहेको उल्लेख गरेका छन् ।

ऊर्जामन्त्री र सञ्चारमन्त्रीको सम्पत्ति कति ?
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नाममा काठमाडौको वडा १३ र २४ मा ६ आना जग्गा तथा १५ तोला सुन तथा ५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । श्रेष्ठसँग २० हजार ९ सय ७८ कित्ता सेयर स्टक एन्सचेञ्जमा सूचीकृत विभिन्न कम्पनीको भएको उल्लेख गरेका छन् । विभिन्न बैंक तथा सहकारीमा गरी ८० लाख ४० हजार ११७ रुपैयाँ नगद रहेको जनाएका छन् । श्रेष्ठले ५३ लाख ५० हजार ऋण रहेको पनि जनाएका छन् । श्रेष्ठसँग एउटा ल्यान्डक्रुजर गाडी, एउटा एमजी इभी र एउटा स्कुटर भएको उल्लेख गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं नागार्जुनमा श्रीमती मञ्जु गैरेको नाममा रहेको १४२.७० वर्गमिटर क्षेत्रफलमा रहेको एउटा घर र १७४.८५ वर्गमिटर क्षेत्रफलको एउटा जग्गा रहेको उल्लेख गरेका छन् । उनको श्रीमतीसँग ७ तोला सुन र १० तोला चाँदी रहेको उल्लेख गरेका छन् । उनले आफ्नो नाममा रहेको १० लाख २४ हजार ३६५ रुपैयाँ र श्रीमतीको नाममा रहेको १० हजार २१ रुपैयाँ नगद उल्लेख गरेका छन् भने ४८ लाख रुपैयाँ सापटी लिएको विवरण देखाएका छन् । उनीसँग २३ लाखमा खरिद गरिएको गाडी पनि सम्पत्ति विवरणमा समेटेका छन् ।

उद्योग र श्रममन्त्रीका प्रशस्त पैतृक सम्पत्ति
उद्योगमन्त्री गौरीकुमारी यादवको सम्पत्ति विवरणमा १७ आना २ पैसामा बनेको घर र काठमाडौंमा ३० आना जग्गा रहेको उल्लेख गरेकी छन् । उनले महोत्तरी बर्दिबासमा ३० कट्ठा र ५.५ बिगाहा जग्गा रहेको जनाएकी छन् । उनीसँग १८० तोला सुन, २ किलो चाँदी र २ सेट हिराको रिङ रहेको जनाएकी छन् । उनीसँग १० लाख नगद र ३ लाख ३९ हजारको सेयर रहेको जनाएकी छन् । उनले १ करोड ६१ लाख ८७ हजार ऋण भएको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनले ५७ लाखको हुण्डाइ कोनाको गाडी रहेको र मासिक ९० हजार भाडा आउने जग्गा रहेको जनाएकी छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले राजविराज ९ को ११ रोपनी १३ आना पैतृक सम्पत्ति घर र थुप्रै जग्गा तथा ८० तोला सुन र १५० तोला चाँदी रहेको उल्लेख गरेका छन् । ७० लाख नगद विभिन्न बैंकमा रहेको उल्लेख गरेका यादवको एउटा मोटरसाइकल सवारी साधन भएको जनाएका छन् । यादवसँग २ लाख २६ हजार ९ सयको आइफोन र ५० हजारको रेडमी मोबाइल रहेको जनाएका छन् भने २ लाख ५० हजारको एप्पल म्याकबुक रहेको उल्लेख गरेका छन् ।

The post इतिहासमै पहिलोपटक सबै मन्त्रीको सम्पत्ति सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082